नेकपा एमाले चाँगुनारायण–१ का कमिटिका अध्यक्ष सुदिप तिमिल्सिनाद्वारा राजीनामा

भक्तपुर । नेकपा एमाले चाँगुनारायण वडा नम्बर १ कमिटीका अध्यक्ष सुदिप तिमिल्सिनाले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा घोषणा गरेका छन् । तल्लो तहका भुइँमानिसका समस्या समाधान र युवाहरूलाई पार्टीमा जोड्न सक्रिय तिमिल्सिनाले शीर्ष नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको कदमपछि शीर्ष नेतृत्वसँग उनको वैचारिक मतभेद […]
दुर्गा प्रसाई र धवल शमशेरको ‘जय नेपाल पार्टी’ साउन २८ मा निर्वाचन आयोगमा दर्ता हुने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाई र नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने भएको छ। नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय गरिएको हो। लावतीका अनुसार प्रस्तावित नयाँ दलमा डा. धवल शमशेर राणालाई अध्यक्ष तथा […]
धर्मनिरपेक्षता कमजोर पार्ने कुनै पनि सहमति नगर्न श्रम संस्कृति पार्टीको सरकारलाई सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीले तराई–मधेसका विभिन्न जिल्लामा देखिएको धार्मिक तनावका बीच सरकारले आन्दोलनरत पक्षसँग गरेको वार्ताप्रति गम्भीर चासो व्यक्त गर्दै धर्मनिरपेक्ष नेपालको संवैधानिक व्यवस्थाविपरीत हुने कुनै पनि सहमति नगर्न सरकारलाई कडा चेतावनी दिएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा धर्मलाई राज्यसँग जोड्ने कुनै पनि निर्णय अस्वीकार्य हुने स्पष्ट पारेको छ। पार्टीका अनुसार वार्तामा […]
धार्मिक सद्भाव जोगाउन संविधानको मर्म कमजोर नबनाउन सरकारलाई माननीय: आरेन राईको आग्रह

काठमाडौं । पूर्वी नेपालका सुनसरी, मोरङ तथा मधेश प्रदेशका जनकपुर, सिराहा लगायतका जिल्लामा गत सातादेखि देखिएको धार्मिक तनावलाई नियन्त्रणमा लिन सरकारले विभिन्न पक्षसँग संवाद, छलफल र वार्ता जारी राखेको छ। गृहमन्त्री सुदन गुरुङ नेतृत्वको सरकारी टोलीले आन्दोलनरत हिन्दूवादी संगठनका प्रतिनिधिसँग वार्ता गरिरहेको छ। आन्दोलनरत पक्षले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका […]
सभामुख अर्यालद्वारा संसदीय समितिलाई प्रभावकारी र समयबद्ध रूपमा काम गर्न निर्देशन

काठमाडौं । सम्माननीय सभामुख डीपी अर्यालले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गर्दै समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन आवश्यक रहेको बताउनुभएको छ। छलफलमा समितिहरूको कार्यसम्पादन, विधेयक व्यवस्थापन, अनुगमन तथा संस्थागत सुधारका विषयमा विस्तृत विचारविमर्श भएको थियो। छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि, उद्देश्य र कार्ययोजनाका आधारमा अघि […]
सभामुख अर्यालद्वारा शीर्ष राजनीतिक दलका नेतासँग भेटवार्ता, प्रतिनिधि सभा प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । सम्माननीय सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने उद्देश्यका साथ विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ। सभामुख अर्यालले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो। त्यसैगरी उहाँले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे र नेपाल कम्युनिष्ट […]
सुनसरी घटनाकाे विषयमा छलफल गर्न रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्जमा विकसित पछिल्लो घटनाक्रमलगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। उहाँले बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय छलफल आयोजना गर्नुभएको हो। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको जनाइएको छ। यस्तै, संसदबाहिर रहेका प्रमुख […]
मध्यपुर थिमिमा सांसद राजीव खत्रीद्वारा स्थानीयसँग प्रत्यक्ष भेटघाट

भक्तपुर। प्रतिनिधिसभा सदस्य राजीव खत्रीले मध्यपुर थिमि नगरपालिका–१ मा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रमका क्रममा सांसद खत्रीले स्थानीयवासीका जनगुनासा, सुझाव तथा विभिन्न समस्या प्रत्यक्ष रूपमा सुनेका थिए। स्थानीयले सडक, खानेपानी, पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा आफ्ना धारणा र माग प्रस्तुत गरेका थिए। भेटघाटका क्रममा सांसद खत्रीले उठाइएका समस्याको […]
कोशीमा नेतृत्व परिवर्तनको तयारी : तिलकुमार मेन्याङ्बो मुख्यमन्त्री बन्ने लगभग निश्चित

विराटनगर । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ। एमाले उच्च स्रोतका अनुसार हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। यसबारे केन्द्रीय नेतृत्वले आइतबार नै अन्तिम निर्णय गर्न सक्ने बताइएको छ। सत्ता […]
काठमाडौं–१० मा रास्वपाको बधाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नं. १० ले प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टको प्रमुख आतिथ्यमा बधाई, शुभकामना तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचन क्षेत्रीय समिति काठमाडौं क्षेत्र नं. १० को आयोजनामा कीर्तिपुर नगरपालिका–५ स्थित केएनएस किचेन एण्ड बैंक्वेटमा आयोजित कार्यक्रममा सांसद बिष्टलाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै क्षेत्रका नेता–कार्यकर्ता, शुभेच्छुक तथा […]
