Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दुधकोसी जलाशययुक्त आयोजना सम्पन्न गर्न अर्थपूर्ण भूमिका खेल्नेछु: उमेदवार राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 31, 2026

काठमाडौं ।आगामी फागुन २१ मा सम्पन्न हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट खोटाङको उम्मेदवार देवविक्रम राईले आफूलाई उक्त निर्वाचनमा निर्वाचित गराउन जिल्लावासी मतदाताहरुलाई अपिल गरेका छन्।

नेकपा एमाले खोटाङ अध्यक्षसमेत रहेका उम्मेदवार राईले काठमाडौंमा खोटाङे पत्रकारसँग आफ्नो चुनावी एजेन्डा सुनाउँदै आफू निर्वाचित भए  बसाइँ सराई गरेर गएका जिल्लाका नागरिकहरुलाई पनि जिल्ला फर्कने बाताबरण बनाउने बताए।

विकसित देशमा समेत बसाइँ–सराइ हुने गरेको छ । अमेरिका छाडेर अस्ट्रेलिया बसाइँ सर्ने अमेरिकीसमेत छन् भने नेपालमा बसाइँ–सराइ गर्नु अस्वाभाविक होइन । ‘तसर्थ, सर्वप्रथम खोटाङलाई बस्नलायक बनाउने प्रतिबद्धता जनाउँछु,’ उनले जोड दिए, ‘जिल्लाका गाउँ–गाउँलाई बस्नयोग्न बनाउने प्रयत्न गर्नेछु । बसाइँ–सराइ रोक्नु मेरो मुख्य चुनावी एजेन्डा हो ।’ बसाइँ–सराइ रोक्न सकिएन भने जिल्लाका गाउँहरू मानवविहीन बन्नेछन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी अभाव र बाँदर आतंकले समेत जिल्लावासी बसाइँ सर्न बाध्य छन् । ‘म आफू पनि बाँदरपीडित हुँ । अबको लडाइँ बाँदरसँग हुनेछ । बाँदरसँगको भिडन्तमा हामीले जित्नैपर्छ,’ उनले विश्वास दिलाए, ‘अन्तर्राष्ट्रिय अभिसन्धिहरूमा नेपालले जहाँ–जहाँ हस्ताक्षर गरेको छ, त्यसबाट ब्याक हुनैपर्छ । त्यतिले मात्रै सम्भव नहोला । जंगली जनावर नियन्त्रणमा राज्यले पहलकदमी लिनुपर्छ । बाँदरलगायत वन्यजन्तुसँग नेपाली सुरक्षाकर्मी लड्नुपर्छ । भरुवा बन्दुकसमेत राख्ने अधिकार नपाएका नेपालीले लड्न सक्दैनन् ।’

शिक्षा र स्वास्थ्यकै कारण बसाइँ–सराइ गर्नेको ताँती छ । ‘जिल्लामै गुणस्तरीय शिक्षा, सुविधासम्पन्न अस्पताल, जटिल रोगबाहेकका बिरामीलाई जिल्लामै उपचार गर्न सक्ने व्यवस्था मिलाउन लागिपर्नेछु,’ उनले थपे, ‘भूमि नीति वैज्ञानिक र व्यावहारिक छैन । भूमि नीतिमा आमूल परिवर्तन गर्न देखिने गरी भूमिका निर्वाह गर्नेछु । उल्लिखित समस्या संसद्मा बुलन्द बनाउनेछु ।’

बसाइँ–सराइ रोक्न र बसाइँ हिँडेकालाई पुनः थातथलो फर्काउने उपाय हुँदै नभएको होइन । शिक्षा, स्वास्थ्य, कृषिमा आमूल परिवर्तन गर्न सके बसाइँ–सराइ कम हुँदै जाने उनको बुझाइ छ । त्यसो गर्न सके थातथलो फर्कने खोज्नेछन् । मानिस रहरले सहर पसेका होइनन् ।

जिल्लाका जमिन बाँझिदै गएको छ । ‘बाँझो जमिनमा व्यावसायिक खेती गर्नुपर्छ,’ उनको मान्यता छ, ‘अरू केही गर्न नसके जडीबुटी खेती गर्न सकिन्छ । स्थानविशेषका बाँझो जमिनलाई फ्रुट फरेस्टमा परिणत गर्न सकिन्छ । यतिमात्रै थालनी गर्न सके बसाइँ–सराइ रोक्न सघाउ पुग्छ ।’

काैडिकाे भाउमा बेचि रहेकाे बाँसबाट विभिन्न कलात्मक सामग्रीहरु उत्पादन गर्ने जसमा स्थानिय स्तरमै रहेकाे साना व्यवसायीहरुकाे लगानिबाट त्यस्ता यद्याेगहरु सञ्चालन गराउने र स्थानिय कच्चा पदार्थलाइ नै प्रयाेग गरि उत्पादित सामग्रीको बजारिकरण गर्ने जसमा जिल्लाबासिले राेजगारि समेत पाउने राईले बताए।

बहुआयामिक व्यक्तित्व देवविक्रम राई वास्तविक किसान पनि हुन् । उनले एक सय रोपनीभन्दा धेरै जमिनमा फलफूल खेती गर्दै आएका छन् । उनले हुर्काएका ५०० बोट लिचीले उत्पादन दिन थालेको छ । अन्य कैयौं प्रजातिका फलफूल हुर्कंदै छन् । उनलाई किसानका नेताका रूपमा समेत चिन्ने गरिन्छ ।

विद्यार्थीबाट थालेको राजनीतिक यात्राले राजमार्ग पहिल्याउँदै गएको छ । ४० वर्षदेखि राजनीतिमा अनुहारिएका नेता राई संवत् २०६४ मा जिल्ला फर्केर एमाले खोटाङ मजबुत बनाउन लागिपरे । एमाले खोटाङ सचिव, उपाध्यक्ष हुँदै अध्यक्षको भूमिकामा रहेका उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट खोटाङको उम्मेदवार हुन् । उनले खुसी व्यक्त गरे, ‘आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु मेरो जिन्दगीकै ठूलो उपहार हो ।’

खोटाङमा ८९ वडा छन् । टोलटोलमा एमालेको कमिटी छ । ‘तसर्थ, ढुक्कले निर्वाचन जित्छु,’ उनले आधार पेस गरे, ‘एमाले इमानदार र भिजन भएको पार्टी हो । जिल्लाको नेतृत्व कुञ्ज एकताबद्ध छ ।’

‘दुधकोसी जलाशययुक्त आयोजना सम्पन्न गर्न अर्थपूर्ण भूमिका खेल्नेछु,’ उपस्थित पत्रकारहरुकाे प्रश्नकाे उत्तर दिँदै उनले  प्रतिबद्धता जनाए, ‘मुआब्जा नपाएकाहरुलाई दिलाउन कुनै कसर बाँकी राख्ने छैन ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खोटाङको खानेपानी संकटबारे उच्चस्तरीय छलफल

  • April 21, 2026

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved