दोलखामा एमाले नेता कार्यकर्ताको टोली नै कांग्रेस प्रवेश

काठमाडौं । दोलखामा एमाले नेता कार्यकर्ताको टोली नै कांग्रेस प्रवेश गरेका छन् । एमालेको विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको टोली कांग्रेसमा प्रवेश गरेको हो । ठूलो संख्यामा एमाले र माओवादीका नेता कार्यकर्ता यहाँ आयोजित एक कार्यक्रममा कांग्रेस प्रवेश गरेका हुन् । एमाले छोड्नेहरूमा उपाध्यक्ष श्रेष्ठसहित वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, […]

पूर्वमन्त्री उपाध्याय कांग्रेसको साधारण सदस्यसमेर नरहने गरी निष्काशित

काठमाडौं । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध आफ्ना छोरालाई बागी उम्मेदवार बनाएका पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय पार्टीबाट निकालिएका छन् । नेपाली कांग्रेसले पार्टीको आधिकारिक निर्णय उल्लंघन गरेको आरोपमा उपाध्यायका बाबु-छोरासहित १९ जनालाई अनुशासनको कारवाही गर्दै पार्टीबाट निकालेको हो। उपाध्यायका छोरा आशिष शर्मा कपिलवस्तु- १ मा बागी उम्मेदवार बनेका छन् । पार्टीले शर्मालाई बागी उम्मेदवार बनाउने काममा […]

सञ्जालमा मच्चाइएका हल्लाको भरमा जनताले मत फेर्दैनन् : अधिवक्ता किरण न्यौपाने

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिवक्ता किरण न्यौपानेले उक्त क्षेत्रका जनताले सामाजिक सञ्जालमा मच्चाइएका हल्लाका भरमा अन्य पार्टीका उम्मेदवारलाई भोट नदिने बताएका छन्। ४ गते सोमबार चाँगुनारायण नगरपालिका–३ मा तथा ५ गते मंगलबार सोही नगरपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका न्यौपानेले आज भक्तपुर नगरपालिका क्षेत्रमा […]

आगामी निर्वाचनमा योग्यतामूलक समर्थन गर्ने जेनजी २.० को घोषणा

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै जेनजी २.० ले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। जेनजी २.० का प्रवक्ता अविन लिम्बुले संगठनले निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूलाई उनीहरूको दक्षता, क्षमता, अनुभव तथा सार्वजनिक उत्तरदायित्वका आधारमा सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार सहयोग पार्टीगत पहिचान वा “नयाँ–पुरानो” विभाजनमा आधारित हुने छैन। “हामीका लागि मुख्य कुरा […]

“म गफ होइन, काममा विश्वास गर्छु” ~ पर्वत कम्युनिस्ट उम्मेदवार- “मनहरि तिमिल्सिना”

    कृष्ण कुँवर, पर्वत — “भ्रष्टाचार गर्नु अपराध हो, म भ्रष्टाचार गर्दिनँ। राज्यको कुनै पनि स्रोतको दुरूपयोग हुँदैन। निर्वाचनपछि पनि म तपाईँहरुकै घरदैलोमा हुनेछु।” यी प्रतिबद्धतासहित नेपाल कम्युनिस्ट पार्टीका पर्वत उम्मेदवार मनहरि तिमिल्सिना फागुन २१ को निर्वाचन लक्षित घरदैलो कार्यक्रममा सक्रिय छन्। मोदी गाउँपालिका–७, राम्जाका तिमिल्सिना नीति, योजना र विकासका सवालमा चिनिने बौद्धिक व्यक्तित्व  […]

निर्वाचन आयाेगकाे आचारसंहिताकाे पूर्ण पालनामा भक्तपु १ कांग्रेस

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुर कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा प्रत्येक्ष तर्फ अधिवक्ता किरण न्याैपाने साथै समानुपाति तर्फ डा. गंगा लक्ष्मी अवाल , बिनाेद प्रकाश कायष्ठ र मदन कृष्ण श्रेष्ठ सहितले ९ वडा रहेकाे चाँगानारायण नगरपालिकामा चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन सम्पन्न […]

राजिव खत्रीले सुरुगरे नयाँ राजनिती

थाहानगरपालिका–४, किटेनी निवासी युवा तथा सफल व्यवसायी श्री राजिव केसी खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ। समाजमा केही गरौं, परिवर्तन ल्याऔं भन्ने दृढ सोच र युवाहरूको सक्रिय भूमिकामा विश्वास राख्दै उहाँले नयाँ राजनीतिक यात्राको सुरुवात गर्नुभएको हो। व्यवसायिक क्षेत्रबाट प्राप्त अनुभव, नेतृत्व क्षमता र समाजप्रतिको जिम्मेवारी भावनासहित उहाँको यो कदमलाई […]

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

काठमाडौँ – समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन्। समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ। पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक […]

चुनावी माहाेल तताउदै भक्तपुर १ मा उमेदवार सहित कांग्रेस

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुई निर्वाचन क्षेत्र रहेकाे भक्तपुर कांग्रेसले निर्वाचन क्षेत्र नं. १ मा प्रत्येक्ष तर्फ अधिवक्ता किरण न्याैपाने साथै समानुपाति तर्फ डा. गंगा लक्ष्मी अवाल , बिनाेद प्रकाश कायष्ठ र मदन कृष्ण श्रेष्ठलाई उमेदवार बनाएकाे छ भने, चुनावी प्रचारका लागि निर्वाचन क्षेत्र १ भरि सम्पर्क कार्यालय […]

‘काम गर्ने नेतालाई भोट’ भन्दै हुँमागाईको पक्षमा स्थानीयको समर्थन

डिकेन्द्र बस्नेत, काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को पाँचौँ दिनको घरदैलो अभियान बनेपा नगरपालिकामा सञ्चालन भएको छ। शुक्रबार बिहानदेखि सुरु भएको मतदाता भेटघाट कार्यक्रममा नेकपाका उम्मेदवार बसुन्धरा हुँमागाईलाई तारा चिन्हमा मतदान गर्न स्थानीय नागरिकहरूले आग्रह गरेका छन्। जनताका प्रिय उम्मेदवारप्रति स्वस्फूर्त समर्थन जनाउँदै नालास्थित चौतारीका चामुण्डा भजन […]