Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आगामी निर्वाचनमा योग्यतामूलक समर्थन गर्ने जेनजी २.० को घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 14, 2026
6 shares

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै जेनजी २.० ले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। जेनजी २.० का प्रवक्ता अविन लिम्बुले संगठनले निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूलाई उनीहरूको दक्षता, क्षमता, अनुभव तथा सार्वजनिक उत्तरदायित्वका आधारमा सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार सहयोग पार्टीगत पहिचान वा “नयाँ–पुरानो” विभाजनमा आधारित हुने छैन। “हामीका लागि मुख्य कुरा योग्यतामूलक मूल्याङ्कन र जनहितप्रतिको स्पष्ट प्रतिबद्धता हो,” उनले भने। अबको आवश्यकता नारामुखी राजनीतिभन्दा सक्षम र परिणाममुखी नेतृत्व चयन गर्नु रहेको उनको भनाइ छ।

प्रवक्ता लिम्बुले जेनजी २.० ले कुनै पनि उम्मेदवारलाई समर्थन वा सहकार्य गर्नुअघि लिखित सहमति गर्ने स्पष्ट पारे। उक्त सहमतिमा जनउत्तरदायित्व, पारदर्शिता, सुशासन र जनतासँग गरिएका प्रतिबद्धताप्रति स्पष्ट अडान समेटिने उनले बताए। “राजनीतिक परिवर्तन केवल भाषणबाट सम्भव हुँदैन, स्पष्ट कार्ययोजना र जवाफदेहिताबाट मात्र सम्भव हुन्छ,” उनले जोड दिए।

जेनजी २.० ले समर्थनको निर्णय गर्दा स्पष्ट मापदण्ड, लिखित प्रतिबद्धता र जनहितलाई पहिलो प्राथमिकतामा राख्ने पनि जनाएको छ। साथै सबै उम्मेदवारहरूलाई स्वच्छ, पारदर्शी र मुद्दामुखी प्रतिस्पर्धाका लागि आह्वान गरिएको छ।

यसैबीच, भोलि मनाइने महाशिवरात्रि पर्वका अवसरमा जेनजी २.० का सम्पूर्ण टिम समूहले पशुपतिनाथ मन्दिर परिसरमा भीड व्यवस्थापन तथा स्वयंसेवकको भूमिकामा खटिने जानकारी पनि प्रवक्ता लिम्बुले दिएका छन्। उनले महाशिवरात्रिको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved