Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 7, 2026
0 shares
काठमाडौँ – समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन्।

समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ। पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिलसमेत गरेको छ।

सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तिहरू यसपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएका छन्।

काठमाडौँ–१ बाट दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गराउन सफल सुरेन्द्र पाण्डे, काठमाडौँ–१० बाट लोकदोहोरी गायक पूर्णचन्द्र पौडेल, मोरङ–४ बाट नुमा लिम्बु (चञ्चला), रुपन्देही–२ बाट देवेन्द्रबहादुर खत्री (मधु), ओखलढुङ्गाबाट पिंकी राई र काभ्रेपलान्चोक–१ बाट विनोद लामा (कोनिका) प्रत्यक्षतर्फका उम्मेदवार हुन्।

उनीहरूले राजनीति क्षेत्रमा सधैँ आवाजविहीन र सीमान्तकृत बनाइएका समुदायको प्रतिनिधित्व गर्ने स्पष्ट उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। कानुन निर्माण हुने थलो संसदमा पुगेर मात्रै सीमान्तकृत समुदायका वास्तविक मुद्दाहरूलाई संस्थागत गर्न सकिने विगतको अनुभवले देखाइसकेको उनीहरूको भनाइ छ।

उनीहरूले पहिलो संविधान सभामा सुनिल बाबु पन्तको प्रतिनिधित्व भएकै कारण संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार सुनिश्चित भएको स्मरण गराउँदै अब ती अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गराउन पुनः समुदायको प्रतिनिधित्व संसदमा हुनु अनिवार्य रहेको उल्लेख गरेका छन्।

देशको लोकतान्त्रिक अभ्यास अझ समावेशी, उत्तरदायी र न्यायपूर्ण बन्न आवश्यक रहेको उनीहरूको ठम्याइ छ। सबै वर्ग, समुदाय र पहिचानको समान सहभागिता बिना लोकतन्त्र अपूरो रहने उनीहरूको भनाइ छ।

मानवअधिकार, समान अवसर, सामाजिक न्याय र समावेशी नीतिनिर्माण आफ्नो प्रमुख एजेन्डा रहेको उनीहरूले सार्वजनिक गरेका छन्। लामो समयदेखि भेदभाव, बहिष्कार र अपमान सहँदै आएको समुदायका मुद्दाहरूलाई कानुनी र संस्थागत रूपमा स्थापित गर्न संसदभित्रको भूमिका निर्णायक हुने उनीहरूको विश्वास छ।

आफ्नो राजनीतिक यात्रामा साथ, समर्थन र विश्वास प्रदान गर्दै आएका नागरिक, अधिकारकर्मी, युवा, महिला तथा अल्पसङ्ख्यक समुदायप्रति आभार व्यक्त गर्दै उनीहरूले आगामी दिनमा पनि सहयोग र समर्थनको अपेक्षा गरेका छन्।

समावेशी राजनीति र सामाजिक परिवर्तनमा विश्वास राख्ने सबै नागरिकलाई आफ्नो उम्मेदवारीबारे सन्देश साझा गर्दै हौसला प्रदान गर्नसमेत उनीहरूले आग्रह गरेका छन्।

उनीहरूको उम्मेदवारीलाई सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved