Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सञ्जालमा मच्चाइएका हल्लाको भरमा जनताले मत फेर्दैनन् : अधिवक्ता किरण न्यौपाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 18, 2026

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिवक्ता किरण न्यौपानेले उक्त क्षेत्रका जनताले सामाजिक सञ्जालमा मच्चाइएका हल्लाका भरमा अन्य पार्टीका उम्मेदवारलाई भोट नदिने बताएका छन्।

४ गते सोमबार चाँगुनारायण नगरपालिका–३ मा तथा ५ गते मंगलबार सोही नगरपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका न्यौपानेले आज भक्तपुर नगरपालिका क्षेत्रमा घरदैलो कार्यक्रम अगाडि बढाएका छन्। घरदैलोका क्रममा मतदाताहरूले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चाँगुनारायण नगरअन्तर्गतका वडाका सडक, खानेपानी, अव्यवस्थित जग्गा प्लानिङलगायतका स्थानीय समस्याहरू संसदमा प्रभावकारी रूपमा नउठाएको तथा केन्द्रीय बजेटसँग क्षेत्रलाई जोड्न नसकेको गुनासो गरेका छन्।

                     

“खाली सदनमा छिरेर विदेशी देशहरूलाई गाली मात्र गर्ने नेमकिपालाई किन भोट दिने? शहरको विकास गरेको भन्छन्, तर प्रेम सुवालले नगरभित्र पस्दा राणाकालमा बिछ्याइएका इँट खिएर हिँड्नै नसकिने अवस्था छ, खै त्यसतर्फ सुवालको ध्यान?” चिया पसलमा भेटिएका मतदाताहरूले सामूहिक रूपमा प्रश्न गरेका थिए।

यस्तै, भक्तपुर नगरपालिका–४ अन्तर्गत बंशगोपाल क्षेत्रमा भेटिएका अर्का एक समूह मतदाताले पनि नेमकिपा र एमालेप्रति असन्तुष्टि व्यक्त गरेका छन्। २०३८ सालदेखि मादलमा भोट हाल्दै आएको बताउने उनीहरूले नारायणमान र प्रेम सुवाललाई सांसद बनाएको बाहेक उल्लेखनीय उपलब्धि नदेखिएको गुनासो गरे।

“न त यी बाटाहरूको मर्मतमा नगरको चासो छ, न त खानेपानीको समस्या समाधान भएको छ। के सदनमा कराउनका लागि मात्र हामीले मादलमा भोट हाल्ने?” एक मतदाताले प्रश्न गरे। अर्का मतदाताले भने, “भक्तपुरमा नेमकिपा र एमाले दुवै बेकामे पार्टी हुन्। हाम्रो भोट विदेशीलाई गाली गर्न प्रयोग हुँदैन। यसपटक पुरानो पार्टी भए पनि नेतृत्व परिवर्तन भएर आएको हुनाले रुखमा छाप लगाउँछौं।”

           

ज्येष्ठ नागरिक मतदाताको यस्तो अभिव्यक्ति सुनेपछि एक पत्रकारले प्रश्न गरेका थिए, “एमालेले सुरु गरेको भत्ता लिँदै एमालेमै भोट किन नहाल्ने त?” त्यसको जवाफमा ती ज्येष्ठ नागरिकले भने, “मेरो नातिनातिनाका साथीलाई गोली हान्ने एमालेलाई जिताएर के गर्नु? भोलि एमाले नेतृत्वको सरकार बने थप बालबालिका मारिन सक्छन् भन्ने डर छ। त्यसैले सच्चिएको कांग्रेसलाई जिताउन किरणलाई भोट हाल्ने र जिताउने हो। बरु भत्ता नलिए पनि हुन्छ।”

उनीहरूले नयाँ दलहरू, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूको स्थायित्वमाथि पनि प्रश्न उठाएका छन्। “घण्टीमा पनि भोट हाल्दैनौं। उनीहरूको राजनीतिक सिद्धान्त स्पष्ट छैन। परराष्ट्र नीति के हो, धर्मनिरपेक्षताका सवालमा धारणा के हो भन्ने स्पष्ट छैन। फेसबुकमा हल्ला गर्नेहरू झन् खतरनाक छन्, त्यसैले घण्टीमा पनि छाप हालिँदैन,” उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved