Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुबास पुत्र सुहाङकाे त्याे राजनितीक संस्कार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 1, 2026
0 shares

काठमाडौँ । पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भए । बुधवार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध निर्वाचित गर्यो । उमेरले ७० वर्ष लागेका बादललाई ३६ वर्षका युवा नेता सुहाङ नेम्वाङले चुनौती दिएका थिए ।

बदललाई सर्वसम्म नेता बनाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने गृहकार्यमा निर्वाचन समिति जुट्यो । तर उपाध्यक्ष बादल, विष्णुप्रसाद पौडेल, महासचिव शंखर पोखरेल लगायत नेताहरूले सम्झाएपछि सुहाङले उम्मेदवारी फिर्ता लिएको थिए । बाहिर चर्चा भएजस्तो सुहाङले प्रस्तावक र समर्थन नै नपाएको विषय गलत भएको सांसद ऐन महरले बताए ।

‘संसदीय दलको नेतामा सुहाङजीले पनि दाबी गर्नुभएको थियो । सर्वसम्मत नेता चयनबारे छलफल भयो । पछि उहाँले नै फिर्ता लिएपछि रामबहादुर थापा सर्वसम्मत नेता बन्नुभएको हो । बाहिर चर्चा भएको जस्तो केही भएको होइन’ उनले भने । पार्टी सचिव पद्मा अर्यालले पनि बादल निर्विरोध निर्वाचित भएको बताइन् । उनले भनिन्–सहमतिमै दलको नेता चयन भएको हो । त्यस्तो केही भएको होइन ।’

बादल पूर्वमाओवादी र एमालेमा पटक पटक अवसर पाएको नेता हुन् । सुहाङ दिवंगत पूर्वसभामुख सुवासचन्द्र नेम्बाङका छोरा हुन् । २०८० साल भदौमा बुवाको निधन भएपछि उनी राजनीतिमा आएका हुन् । मंसिरमा भएको उपनिर्वाचनमा सुहाङ इलाम–२ बाट निर्वाचित भएका थिए । तर गएको भदौमा जेनजी आन्दोलनका कारण संसद् विघटन भयो ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सहित प्रत्यक्षमा उठेका पदाधिकारी पराजित हुँदा उनले बुवाकै निर्वाचन क्षेत्रबाट शानदार विजयी भए । सुहाङ पार्टीभित्र मात्र नभई आम युवामाझ निकै लोकप्रिय युवा नेता मानिन्छन् । दलको नेताबाट उम्मेदवारी फिर्ता लिएका उनले राजनीतिक संस्कार देखाउँदै बुवा उमेरका नेता बादललाई दोसल्ला ओढाएर बधाई दिएका छन् । भर्खर सम्पन्न निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved