एमालेले सुरेन्द्र पाण्डे लगाएत १२ जनालाई आज स्पष्टीकरण पत्र पठाउने
काठमााण्डौं ।नेकपा एमालेले नेपाल खनाल पक्षका नेता सुरेन्द्र पाण्डे लगाएत १२ जनालाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ ।संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका क्रममा बिपक्षी संग गठबन्धन गरी आफ्नै अध्यक्षलाई हराउन लागेको भन्दै सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो । […]
प्रधानमन्त्रीलाई कार्वाहिकाे माग गर्दै सर्वाेच्चमा रिट दायर

जेठ ११, काठमाडौं । प्रधानमन्त्री केपी ओलीबिरुद्ध वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पुनःस्थापित प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाहीको माग गर्दै रिट दायर गरेका हुन् । प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधी सभा विघटन गरेर अदालतको अपहेलना गरेको गम्भीर आरोप उल्लेख छ । यस्तै अदालतको अवहेलना गरेकोले प्रधानमन्त्रीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित […]
” संविधान राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमपत्र लेखिएको डायरी जस्तो “-रामकुमारी झाँक्री

जेठ ११, काठमाडौं, । नेकपा (एमाले) बाट निश्काषनमा परेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध मर्यादाहिन टिप्पणी गरेकी छन् । उनले मंगलवार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ” संविधान राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमपत्र लेखिएको डायरी जस्तो “ भन्दै टिप्पणी […]
नेपाल-खनाल सहित ११ पूर्व सांसदहरु एमाले पार्टीबाट बर्खास्त ( सूचिसहित )

१० जेठ, काठमाडौँ । नेकपा एमालेले पार्टीको गतिबिधि र अभियान छाडेर नेपाली कांग्रेस र माओवादीको अभियानमा निरन्तर सहभागी हुँदै आउनुभएका माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना पूर्व सांसद बर्खास्त (निष्कासित) हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले दुइ पूर्वप्रधानमन्त्रीसहित विघटित संसदका ११ जना सांसदलाई बर्खास्त गरेको हो । […]
राष्ट्रघात र जनबिराेधि निर्णय हाम्राे लागि मान्य हुदैन – नेत्रबिक्रम चन्द “बिप्लब”

जेठ १०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्रहितविपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिएका छन् । राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ’, […]
राष्ट्रघात गर्न होइन,संविधान कार्यान्वयनका लागि नागरिकता अध्यादेश आएको हो : महान्यायाधिवक्ता

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडाल ले संविधान र त्यसमा भएको व्यवस्था कार्यान्वयनका लागि नागरिकता सम्बन्धी अध्यादेश आएको बताएका छन्। उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमै यो अध्यादेश जारी भएको हो। सोमबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै बडालले संविधानको व्यवस्था कार्यान्वयन गर्दा त्यसलाई राष्ट्रघात भन्न नमिल्ने दाबी गरे। ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात […]
महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टरगर्न बाध्यछन् खोटाङका कोरोना संक्रमितहरु

उमेश भुजेल्,दिक्तेल / खोटाङका कोरोना संक्रमितहरु महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गरेर अस्पताल जान बाध्य छन । जिल्लाको उपचार सम्भव नभए पछि थप उपचारको लागि खोटाङ कोरोना संक्रमितहरुले महंगो शुल्क तिर्न बाध्य छन् ।सोमबार मात्रै एक कोरोना संक्रमितलाई महंगो शुल्क तिरेर उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ । कोरोना संक्रमणबाट थलिएका दिक्तेल रुपाकोट मझुवागढी […]
वाग्मती प्रदेशका एमाले सांसदहरुले बुझाएको स्पष्टीकरण

काठमाडौं । वाग्मती प्रदेशका एमालेका १४ जना सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । उनीहरूलाई जेठ ६ गते दलको ह्विप उल्लंघन गर्दै डा. खिमलाल देवकोटाको पक्षमा मतदान गरेको आरोपसहित स्पष्टीकरण सोधिएको थियो । एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पूर्वपोलिटब्युरो सदस्य अरूण नेपालसहित १४ जनाले आइतबार स्पष्टीकरण पत्र बुझाएका हुन् । सबैले एउटै व्यहोरोका […]
किन गरियो नागरिकता जस्तो संवेदनशील मुद्दामा राजनीति ?

मोहमद साबिर मन्सुर – कलैया बारा भाग–२, नागरिकता १०. नागरिकताबाट वञ्चित नगरिने : कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन । नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ । आज हामी राजनीतिले गर्दा यस्तो इस्तितिमा आई पुगेका छौ की नागरिकता नै एक संवेदनशील मुद्दा हुन पुगेको छ । […]
नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रघाती छ

१० जेठ, काठमाडौं । मधेश केन्द्रित दलको मागअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । यस अघिसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । सरकारले सो […]
