Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रघाती छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2021
726 shares

१० जेठ, काठमाडौं । मधेश केन्द्रित दलको मागअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेशमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ ।

यस अघिसम्म जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । सरकारले सो व्यवस्थालाई संशोधन गरेर अध्यादेश जारी गरेपछि असन्तुष्टिको स्वर सुनिंदै आएको छ ।

नागरिकता सम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पनि सांसदहरु यसको पक्ष र विपक्षमा विभाजित भएर छलफल गरेका थिए । तिनैमध्येका एक हुन् नेकपा एमालेका सांसद झपट रावल । रावलले अहिले जारी गरिएको अध्यादेशमा विदेशीहरुले सजिलै नेपाली नागरिकता पाउने भन्दै त्यसलाई फिर्ता लिनुपर्ने माग गरे ।

अहिलेको प्रावधानबाट धेरै भारतीयले नेपाली नागरिकता पाउने र उनीहरुबाट नेपाली शासित हुने आशंका उनको छ । उनले भने, ‘यो अध्यादेश नेपाल विदेशीबाट शासन गर्ने, नेपाल कब्जा गर्ने र नेपाललाई फिजीकरण गर्ने षड्यन्त्र हो ।’

रावलले आफूले गरेका जिकीर र त्यसका आधारहरु यसरी खुलाए–

नेपालको संविधानले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोउन् भनेको हो । तर विदेशीबाट नेपाली शासित होउन् भनेर हाम्रो संविधानले भनेको पनि छैन र कल्पनासम्म पनि गर्दैन । नेपालको संविधानले अंगीकृत नागरिकको लागि जुन किसिमको प्रतिबन्धात्मक वाक्यहरुको व्यवस्था गरेको छ । त्यसलाई पनि घुमाउरो हिसाबले खुला गरिएको छ । हामी विदेशीबाट शासित हुने व्यवस्थाको सुनिश्चित गरेको छ । त्यो कसरी भन्ने सवालमा म दुईवटा कुरा भन्न चाहन्छु ।

एउटा त नेपालमा जन्मिएको आधारमा वंशजको नागरिकता दिने भन्ने जुन कुरा आयो । यसले विदेशीहरुलाई पनि नेपालमा जन्मिएकै आधारमा नागरिकता दिने भयो र ती विदेशीहरु हाम्रो शासक बन्ने भए ।

अर्काे कुरा बाबुको पहिचान नखुलेकालाई नागरिकता दिने बारेमा हामीले राज्य व्यवस्था समितिमा व्यापक छलफल पनि गरेका थियौं र त्यसको एउटा सुनिश्चितता समेत गरेका थियौं । त्यसलाई हामीले सल्ट्याउनको लागि बाबुको पहिचान नहुनुको आधारहरु केके हुन् ? त्यो बारेमा समेत झण्डै २ वर्षसम्म छलफल भयो ।

अहिलेको विधेयकले गरेको व्यवस्था भनेको विदेशीसँग बिहे गरेका भान्जाभान्जीलाई समेत सजिलै नागरिकता दिन लागिएको हो । हामीले जे नहोस् भन्ने सोचेका थियौं, नागरिकता सम्बन्धी अध्यादेशमा त्यही गरियो । यो अध्यादेशले नेपाल विदेशीबाट शासन गर्ने, नेपाल कब्जा गर्ने र नेपाललाई फिजीकरण गर्ने षडयन्त्र हो ।

यसबाट निम्तिने अर्काे ठूलो कुरा भनेको यसले समाजलाई विखण्डनतिर लैजान्छ । आमाले घोषणा गर्नासाथ सिधै नागरिकता पाउने यो चलन अरुदेशमा कहिँ पनि छैन । यो अध्यादेशले संविधानको भावना अनुसार नगरीनहुने कामलाई सम्बोधन गरेको छैन । जस्तो कतिजना अझै पनि नेपाली भएर पनि नागरिकताबाट बञ्चित छन्, तिनीहरुलाई यसले सम्बोधन गरेको छैन ।

यसअघि पनि केही शासकहरुले आफ्नो सत्ता जोगाउनको लागि नागरिकता विधेयक ल्याएका थिए । त्यसलाई हामीले संशोधन गर्नको लागि समितिमा लगेका थियौं । हामीले नेपालीले नागरिकता पाउने र विदेशीले नपाउने गरी उक्त विधेयकमाथि छलफल गरेका थियौं । लामो समय यो सदनमा बस्यो । संसद बोलाउनु पर्ने निश्चित समय आउनुपूर्व नै संसद विघटन गरियो । त्यो विधेयक सदनमा गएको दोस्रो÷तेस्रो दिन नै पुस ५ गते सदन बिघटन भयो ।

फागुन ११ गते संसद पुनस्र्थापित भइसकेपछि पनि सरकारले यसलाई पास गर्ने विषयमा कुनै इच्छा देखाएन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बनाएको, समितिबाट पास भएर आएको सबै टुंगिसकेको विधेयकलाई सदनमा अड्काएर राखियो, अगाडि बढाइएन । तर अध्यादेशमार्फत् नागरिकता विधेयक ल्याइयो । यो मुलुकलाई गम्भीर असर पार्ने खालको छ । समाजलाई विखण्डनतिर लैजाने खालको छ ।

मुलुकी हकमा अर्को हिसाबले भन्दा हाडनाता करणी लगायतका अरु थुप्रै जुन अपराधहरु छन् त्यसलाई यो विधेयकले प्रष्टाइदिएको छ । सामाजिक अपराधलाई यसले मान्यता दिएको छ । अहिले पनि नक्कली नागरिकता बोकेकाहरु थुप्रै छन् । ४० लाख भन्दा बेसी नेपाली नागरिकता बिक्री भएको छ, विदेशीहरुले प्राप्त गरेका छन् । त्यसको छानबिन हुनुपर्छ भनेर हामीले कुरा राखेका थियौं । अहिले झन् सजिलो गरी नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्यो । जे विदेशीहरुले चाहिरहेका थिए, त्यही अहिलेको सरकारले गर्यो । यो भनेको कस्तो भन्दा जसरी फिजी जसरी भारतीयहरुको कब्जामा गएको थियो, त्यसैगरी नेपाल प्रकारान्तरले जाने खतरा भयो ।

संसदीय समितिले विधेयकमाथि छलफल गर्दा बाबुको पहिचान नखुलेकालाई नागरिकता दिने आधारहरु हामीले खुलाएका थियौं । हामीले विदेशी बुहारीहरुलाई सात वर्षे प्रावधानको व्यवस्था राखेका थियौं । यसमा नेपाली कांग्रेसबाहेक अन्य पार्टीहरुको सहमति थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि यसमा सहमति थियो । तर उहाँले त्यो विधेयक ल्याउन चाहनु भएन ।

हामीले राखेका प्रावधानहरु पारस्परिक सम्बन्ध र समानतामा आधारित थियो । हामी पेलिनुपर्ने, अपहेलित हुनुपर्ने, अपमानित हुनुपर्ने अवस्थाको पनि अन्त्य हुन्थ्यो । यस्ता थुप्रै अरु कुराहरु पनि छन् । जस्तै आफन्तहरु गुमाएका तर नागरिकता नपाएका, त्यस्ताको सनाखत गर्न आफन्तहरुले नमान्ने । त्यसलाई हामीले पनि कानुनको दायरामा ल्याउने प्रयास गरेका थियौं । कर्मचारीको बदमासीले नागरिकता नपाउने अवस्थाको अन्त्यका लागि पनि कानुनको दायरामा ल्याउन खोजेका थियौं । तर त्यसलाई लत्याइयो ।

तुरुन्त यो विधेयक फिर्ता लिनुपर्छ । विदेशीहरुले सजिलो गरी नागरिकता पाउने प्रावधान हटाउनुपर्छ । यो काम राजनीतिक पार्टीहरुको मात्र होइन । सबै देशभक्तहरु, राष्ट्रवादीहरु, राजनीतिक दल, जनप्रतिनिधिहरु, सन्चारकर्मी सबैले यसको विरोध गर्नुपर्छ । देश पहिलो हो भनेर जसले नेपाललाई, नेपाली आमालाई माया गर्छ, ती सबै एकजुट भएर यो विधेयकको विरुद्ध लाग्नुपर्छ । नेपाली नागरिकहरु नागरिकताबाट बन्चित हुनुपर्छ भन्न खोजिएको होइन, उहाँहरुले नागरिकता सजिलो गरी पाउनुपर्छ । तर विदेशीहरुले सजिलो गरी नागरिकता पाउनु हुँदैन ।

(एमालेका सांसद रावलसँग कुराकानीमा आधारित) onlinekhabar.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved