काठमााण्डौं ।नेकपा एमालेले नेपाल खनाल पक्षका नेता सुरेन्द्र पाण्डे लगाएत १२ जनालाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ ।संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका क्रममा बिपक्षी संग गठबन्धन गरी आफ्नै अध्यक्षलाई हराउन लागेको भन्दै सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो ।

बैठकले सोमबार १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार बुधबार पत्र पठाउन लागिएको एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएको छ ।
एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा लाई इमेल, भाइबर र हार्ड कपि समेत गरेर स्पष्टिकरण सोध्न लागेको कार्यालय सचिब तामाङले बताएको छ ।










