१० जेठ, काठमाडौँ । नेकपा एमालेले पार्टीको गतिबिधि र अभियान छाडेर नेपाली कांग्रेस र माओवादीको अभियानमा निरन्तर सहभागी हुँदै आउनुभएका माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना पूर्व सांसद बर्खास्त (निष्कासित) हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले दुइ पूर्वप्रधानमन्त्रीसहित विघटित संसदका ११ जना सांसदलाई बर्खास्त गरेको हो । बैठकले शनिवार स्पष्टिकरण मागिएका ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै बर्खास्त गरेको हो ।
माधवकुमार नेपाल
झलनाथ खनाल
निष्कासनमा पर्नेमा
रामकुमारी झाँक्री
मुकुन्द न्यौपाने
कलिला खातुन
सरला यादव
पुष्पाकुमारी कर्ण
निरादेवी जैरु
पुष्पा कर्ण कायस्थ
कल्याणी खड्का










