Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रघात गर्न होइन,संविधान कार्यान्वयनका लागि नागरिकता अध्यादेश आएको हो : महान्यायाधिवक्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2021
432 shares

काठमाडौं- महान्यायाधिवक्ता रमेश बडाल ले संविधान र त्यसमा भएको व्यवस्था कार्यान्वयनका लागि नागरिकता सम्बन्धी अध्यादेश आएको बताएका छन्। उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमै यो अध्यादेश जारी भएको हो।

सोमबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै बडालले संविधानको व्यवस्था कार्यान्वयन गर्दा त्यसलाई राष्ट्रघात भन्न नमिल्ने दाबी गरे। ‘संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो?’, उनले भने, ‘धेरै नेपालीलाई नागरिकताविहीन हुने अवस्थाको अन्त्य गर्न अध्यादेश ल्याइएको हो।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेकी थिइन्। जसको आलोचना भइरहेका बेला महान्यायाधिवक्ता कार्यालयले यसबारे स्पष्ट पारेको हो।

महान्यायाधिवक्ता बडालले नागरिकताका विषयमा सर्वोच्च अदालतले विभिन्न आदेश र फैसला गरेको स्मरण गर्दै त्यसैको कार्यान्वयनका लागि अध्यादेश ल्याउन महान्यायाधिवक्ता कार्यालयले अनुरोध गरेको बताए।

‘सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने दायित्व पूरा गर्न यसो गरिएको हो। सर्वोच्चका आदेश र फैसला कार्यान्वयन नहुँदा अवहेलनाका मुद्दा आउन सक्थ्यो’, महान्यायाधिवक्ता बडालले भने, ‘थुप्रै नेपाली नागरिक अदालत नगएसम्म नागरिकताविहीन हुने अवस्था आउने भएकाले अध्यादेश ल्याइएको हो। यो अत्यन्तै जरुरी थियो।’

नेपालमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको संख्या १ लाख ९० हजार ७२६ जना रहेको बडालले बताए। तर, उनीहरुको सन्तानले अहिलेसम्म नागरिकता पाउन उनको भनाइ छ। उनीहरुलाई नागरिकता प्रदान गर्न अध्यादेश ल्याइएको उनले बताए।

कार्यक्रममा गृहसचिव महेश्व न्यौपानेले पनि संविधान कार्यान्वयनकै लागि अध्यादेश आएको दाबी गरे। उनले समय मात्रै अहिले परेकाले मानिसहरूले आलोचना गरेको बताए।

नगारिकताबाट वञ्चित गर्दा व्यक्तिको मौलिक अधिकारसहित विविधि अधिकार कुण्ठित हुने भएकाले अध्यादेश ल्याउनुपर्ने आवश्यकता परेको गृहसचिव न्यौपानेले बताए।

‘समय मात्र अहिले यस्तो परेको हो, तर यो अत्यन्त जरुरी अध्यादेश हो। ल्याउनैपर्ने थियो’, न्यौपानेले भने। उनले गृह मन्त्रालयले नागरिकता सम्बन्धी विधेयक समयमै संसद्‌मा पठाएको पनि दाबी गरे।

संसदीय समितिमा पनि लामो छलफल भएको उनले बताए। संसदीय समितिका सुझाव, संविधानमा भएको व्यवस्था र अदालतको निर्णयलाई समेत मध्यनजर गर्दै अध्यादेश ल्याइएको गृहसचिव न्याैपानेले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved