एमालेले गठन गर्यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली

काठमाडौँ– नेकपा एमालेले ९ वटा विभागहरु गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले विभागहरु गठन गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ । त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप […]
लुम्बिनी प्रदेशमा १६८ (२) बमोजिमको सरकार गठन गर्न मागसहित प्रदेश प्रमुखसमक्ष निवेदन पेश

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै निवेदन दिएको छ । सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख समक्ष संयुक्त निवेदन दिएका हुन् । प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, […]
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित्, मन्त्री छान्नै सकस

काठमाडौं, १८ साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित् भएको छ । आज दिउँसो बस्ने भनिएको बैठक अचानक स्थगित् गरिएको हो । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भनिएको थियो । तर, मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले अध्यक्ष पुष्पकमल दाहालले बैठक स्थगित् गरेका हुन् । माओवादी केन्द्रबाट […]
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तयारी भईरहेको छ । सो बैठकमा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । माओवादी केन्द्रबाट हाल जनार्दन शर्मा अर्थ मन्त्री छन् भने पम्फा भुसालले र्जा मन्त्रालयको जिम्मेवारी पाएकी छन् । […]
मन्त्री हुनेको नाम टुंग्याउने माओवादी केन्द्रको तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने तयारी गरेको छ । यसका लागि आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक डाकिएको छ । समावेशी आधारमा भूगोलसमेत मिलाएर भरसक नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको नेता गणेश साहले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट […]
एमाले स्थायी कमिटी बैठक आज पनि, केन्द्रीय विभागलाई पूर्णता दिने तयारी

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ । […]
एमाले बैठकमा बामदेव देखि लेखराज सम्म
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे । तर, उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका थिए । अपरान्ह साँढे ३ देखि पौने ५ बजेसम्म चलेको बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष, बामदेव […]
एमाले स्थायी कमिटी बैठक आज

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप शनिबार स्थगित बैठक आज अपराह्न ३ बजे बस्न लागेको हो । बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० […]
ओलीलाइ नेपालसमुहले थापे अर्को अड्को

दिनहु जसो अनेक अनेक बाहाना निकालेर ओली सग पार्टी एकताको कुरामा निस्कर्ष हुन नदिने माधव समुहले फेरी ओलीलाइ नयाँ अड्को थापेका छ । आफ्नै पार्टिका अध्यक्षका बिरुद्ध बारम्बार कटाक्ष्यमा लाग्ने सो समुहलाई न त एमालेले कार्वाही गर्छ न त नेपाल समुहनै निस्किन्छ । हालका सरकारकालगी प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको […]
जसपा संसदीय दलको नेतामा यादव चयन

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । जसपा नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । जसपाको […]
