गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो । भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको […]
सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज पनि कार्यदलको बैठक

काठमाडौँ– सरकारको न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बोलाइएको छ । गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता पनि बनाएको छ। आज शीर्ष नेतासँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिई सार्वजनिक गर्ने गठबन्धनको तयारी छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको संयुक्त सरकारका नीति […]
सरकारले गर्यो भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौँ– सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो । सरकारका प्रवक्ता समेत रहकेा मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय भएको बताए । यसैगरी बैठकले एसियाली विकास बैंककाट प्राप्त करिव १९ अर्ब […]
ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाण्डौँ, प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’ जनविरोधी निर्णयको एउटा उदाहरण झापाको […]
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं, संघीय संसद् अन्र्तगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेका छन्। पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधिसभा सदस्य […]
दाहाल नेपालबीच भेटवार्ता,सरकारमा सहभागी हुन आग्रह

काठमाण्डौँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग नेता नेपालको भेटवार्ता हुन लागेको बताइरहँदा अध्यक्ष ओलीसँग भेटनु पुर्व नै दाहालले नेपालसँग भेटेका हुन । कोटेश्वरस्थित एक ब्यापारी निवासमा भएको भेटमा दाहालले आज पनी नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ । तर, […]
एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता हुँदै

काठमाडौं, साउन १९। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई […]
आज एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका […]
खोटाङमा सार्बजानिक यातायातको भाडा २८ प्रतिशत बृद्दि

खोटाङ साउन–१८, खोटाङमा सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बृद्दि गरिएको छ । जिल्लाका यातायात व्यवसायीहरुले मंगलबार अर्थात साउन १९ गतेदेखि लागु हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेका हुन् । सोमबार सार्वजनिक गरिएको भाडादर अनुसार अब दिक्तेलबाट काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ बस भाडा लाग्ने खोटाङ यातायात प्रालिका […]
पूर्व माओवादीका ४ नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको […]
