Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भिमबहादुरकाे न्यायकालागि जसपा अध्यक्ष यादबलाई दलमर्दनकाे ज्ञापनपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 26, 2021
276 shares

काठमाडौं । गत कात्तिक २८ गते हिन्दुहरुको महानपर्व दशैको मुख्यदिन नवदुर्गाको पुजाको दिन चितवनको भरतपुर उपमहानगरपालिका ४ दुर्गा चोकमा रहेको दुर्गा मन्दिरमा स्थानीय भीम बहादुर विश्वकर्माको कुटेर हत्या गरिएको भन्दै पार्टीको शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले आन्दोलन गर्दै आएको छ।

घट्नाको स्थलमा पुगि स्थानीय र पीडित परिवारलाई भेटेर घटनाको यथार्थ रिपोर्टिङ समेत तयार गरि जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले पार्टीको नेताकार्यकर्तालाई घटना प्रती गम्भीर भएर देशभर जातीय विभेद हत्याहिंसाको विरुद्ध लाग्न पार्टी भनी आज पार्टी अध्यक्ष उपेन्द्र यादव लाई भेटी उक्त घटना प्रति आफुले तयार पारेको प्रतिबेदन सहित ध्यानाकर्षण गराएको प्रदेशका अध्यक्ष स्दल मर्दन कामिले जानकारी गराएको बताए । यस अघि पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ,बरिस्ठ नेता अशोक राईलाई भेटेर र पार्टी प्रवक्ता डम्बरु प्रसाद खतिवडा र पार्टी संगठन प्रमुख गंगा नारायण श्रेष्ठलाइ सामाजिक संजाल मार्फत रिपोर्टिङ सहित ध्यानाकर्षण गराएको अध्यक्ष कामीले बताए ।

कामीका अनुसार पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव र बरिस्ठ नेता राइले जसपाले नै सबै प्रकारको विभेद दमन अन्याय अत्याचार कालागी लाग्ने हो न्यायको आन्दोलनमा पार्टी सदैब तयार रहेको भन्दै पार्टी शिल्पी समुदाय माथि देसभर हुँदै आएको अन्याय विरुद्धको आन्दोलनमा सशक्त भएर लाग्छ भन्दै शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले आगामी ११ गते माइतीघर मण्डला देखि नया बानेश्वर सम्म गर्ने जातीय विभेद बिरुद्धको खबरदारी र्यालिमा काठमाडौंमा उपलब्ध पार्टीका सबै नेताकार्यकर्ता लाई सहभागी हुन निर्देश दिने कुरा अध्यक्ष दलमर्दन कामी ले बताए । भिम बिश्वकर्माको हत्याको बारे बुझ्न जसपा नेपालको केन्द्रिय सदस्य र शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको अध्यक्षको हैसियतले स्वयं कामी र पार्टीको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनका उपमहासचिव प्रदीप घताल शान्त द्वोय गत ३० गते द्वारा प्रत्यक्ष घटना स्थलगतमा पुगि प्रतिवेदन तयार गरेका हुन् ।

अध्यक्ष उपेन्द्र यादव लाई बुधबार चार बजे पार्टी कार्यलय भेटी उक्त प्रतिबेदन पेशगरि जातीय विभेद विरुद्ध लाग्न अनुरोध गरेका हुन भेटमा अध्यक्ष यादवले अपराधीलाई हदसम्मको कार्वाही र पीडित लाई न्यायको लागि सशक्त लाग्ने कुरामा प्रतिबद्ध रहेको जनाउदै अपराधका विरुद्ध सिंगो पार्टी लाग्ने बताउदै शिल्पीमाथि हुने हत्या हिंसाविरुद्ध खरो रुपमा उत्रन पार्टीलाई निर्देशन दिने यादवले भेट्मा उपस्थित शिल्पि/ दलित नेतालाइ आश्वासन दिएको कामीले जानकारी दिए। आजै जसपा नेपाल अन्तरगत 10+1 राष्ट्रिय समिति , गैरभौगोलीक विशेष प्रदेश र पार्टीको भातृ संगठनका नेताकार्यकर्तालाई भेटी घटनाको बारे जानकारी गराइ प्रतिवेदन समेत बुझाएको र प्रतिवेदन 10+1 राष्ट्रिय समिति लिम्बुवानका अध्यक्ष खगेन्द्र माखिम,किराँतका अध्यक्ष रमेश राई,शेर्पालुङ्ग इन्चार्ज लाक्पा शेर्पा , खसाङ् राष्ट्रिय समिति अध्यक्ष राजन छेत्री ,गैर भौगोलिक प्रदेशका इन्चार्ज रेखा यादव, अध्यक्ष इश्वर रिजाल, समाजवादी महिला संघका उपाध्यक्ष सृजना रिजाल समाजवादी विद्यार्थी संघका उपमहासचिव प्रकाश चाम्लिङले प्रतिवेदन बुझ्दै बिभेदका विरुद्ध आफुहरु संघर्समा उत्रने प्रतिबद्ध व्यक्त गरेको शिल्पी विशेष प्रदेशका सह इन्चार्ज कमला हेमचुरिले बताउनु भो ।

प्रतिवेदन आज पार्टीका कार्यलयमा पुगि शिल्पी विशेष प्रदेशका सह इन्चार्ज कमला हेमचुरी, अध्यक्ष दलमर्दन कामी दलित मुक्ति संगठनका उपमहासचिव प्रदीप घताल शान्त, शिल्पी विशेष मुख्य सचिव डिबी नेपाली, सदस्यहरु रमेश विश्वकर्मा, गोमा भुसाल लगायतका नेताले नेताहरुलाइ प्रतिवेदन बुझाएका थिए । अध्यक्ष कामिको नेतृत्वमा पुगेको टिमले अध्यक्ष उपेन्द्र यादवलाई प्रत्यक्ष भेटघाट गरि घटनाको जानकारी उक्त घटनाको न्यायीक छानबिन र पीडितलाई न्यायका लागि आन्दोलनमा पाँच बुदे माग उठाइ न्याय दिलाउन पहल गर्नुपर्ने माग राखेको बताए ।

उक्त पाँच बुदे मागमा

१. शिल्पी(कथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति।
२. धार्मिक कुसंस्कार र कुरितिको अन्त्यका लागि आवाज उठाउने क्रममा भिम विश्वकर्मा जातीय हिंसा गरि मारिएका हुनाले सास्कृतिक सहिद घोषणा ।
३. पिडकलाइ हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय दिलाउदै पिडक लाई आजिवनजेल सजाय।
४. जातीय, लिङ्गीय, धार्मिक वा अन्य कुनै पनि बाहानामा विभेद गरि हत्याहिंसा हुन दोहोरीन नदिनको निम्ति बाताबरण सरकारको तर्फबाट ।
५. जातीय विभेद गरि हत्या गरिएका भिम बिश्वकर्माको पीडित परिवारलाई गाँस वास कपास शिक्षा स्वास्थ्य रोजगारको निम्ति विशेष राज्यसँग पहल गरिदिनुहुन ।

भनि पार्टी नेतृत्व बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई संग जोडदार माग गरेको बुझिएको छ । शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष कामिको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामा बिगत केही दिन देखि आन्दोलन हुदै आएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved