अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश प्रति निजगढवासीको विरोध

काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको विरोधमा शनिबार माइतीघर मण्डलामा निजगढवासीले विरोध कार्यक्रमको आयोजना गरेका छन् । बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो ।    

जितको उत्साहभन्दा पनि जिम्मेवारी महसुस गरेकीछु : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको मतलाई आफ्नो अठोट पुरा गर्ने बलियो सहाराको रुपमा लिएको बताएकी छिन् ।​ निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै उनले जितको उत्साहभन्दा पनि जिम्मेवारी महसुस गरेको बताइन् । उनले भनिन्, ‘तपाईहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेको मतलाई मैले मेरो पाँच वर्षको कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण […]

पेट्रोलियम पदार्थको कर १० रुपैयाँले घट्ने

काठमाडौँ । केहि समय देखि बढिरहेको पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको छ । यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले […]

बालेनलाई स्थापितको बधाई

काठमाडौं । काठमाडौं महानगरपालिकाकको मेयरमा पराजित नेकपा एमाले उम्मेदवार केशव स्थापितले बालेन साहलाई शुभकामना दिँदै रचनात्मक सहयोग गर्ने बताएका छन् । उनले काठमाडौंको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने भन्दै हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने बताए । स्थापितले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘काठमाडौं महानगरवासीले तपाईँमाथि भरोसा गर्दै […]

अबको ५ वर्षमा काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछु : बालेन

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् । शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि लगाउने प्रतिबद्धता जनाए । उनले भने, ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ।’ नगरवासीले दिएको मतले आफू एकदमै […]

आज कृष्ण सेन स्मृति दिवस मनाइँदै

काठमाडौं । आज पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को सम्झनामा २०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रेस सेन्टर नेपालले इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा अन्र्तक्रिया तथा पुरुस्कार प्रदान समारोहको आयोजना गरेको छ । इच्छुकको महेन्द्र पुलिस क्लबका २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या भएको थियो […]

पोखरा महानगरपालिकाका प्रमुख आचार्यका तीनवटा निर्णय

काठमाडौँ । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दै तीनवटा निर्णय गरेका छन् । उनको पहिलो निर्णय पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने रहेको छ । पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने […]

आगामी बर्षदेखि पोखराबाटै वैदेशिक रोजगार सेवा : श्रममन्त्री

काठमाडौं । अब पोखराबाटै वैदेशिक रोजगार सेवा विस्तार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन […]

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा विजयी भएका हुन् । उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।  

छात्रालाई बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । पाँच वर्षअघि विद्यार्थी बलात्कार गरेको आरोपमा प्रिन्सिपल पक्राउ परेका छन् । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत छात्रालाई बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  (सिआईबी) का एसपी कमल थापाले जानकारी दिएका छन् । खड्काले एक छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर […]