Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘विदेशीलाई नागरिकता बेच्न पाइन्दैन,नागरिकता लुरुलुरु आएको होइन्न’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2022
18 shares

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली नागरिकता विधेयकबारे छलफल चलिरहेको छ ।

‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यका साथ छलफल भइरहेको जनाएको छ ।

नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले आफ्नो राय प्रस्तुत गरेका छन् ।

नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताए । संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् ।

‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।’

उनले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुर्नुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए ।

यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताइन् । पौडेलले नेपाल भारत खुला सिमानाका कारण जन्मको आधारमा नागरिकता दिँदा भोलिका दिनमा नेपाली नै अल्पमतमा पर्ने खतरा उत्पन्न हुने बताइन् ।

विधिशास्त्रीय सिद्धान्तका आधारमा पनि जन्मका आधारमा नागरिकता दिन नहुने र जन्मका आधारमा नागरिकता नपाएकाहरुलाई वंशजको नागरिकता दिन नहुने उल्लेख गरिन् ।

नेपाल मजदुर किसान पार्टीले भने नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तवार्ता लिनुपर्ने प्रस्ताव गरेको छ । सो पार्टीका तर्फबाट सांसद प्रेम सुवालले नेपालको भाषा संस्कृति जानेको हुनुपर्ने भन्दै अन्तवार्ता पछि मात्रै जन्मको आधारमा नागरिकता दिनुपर्ने प्रस्ताव गरे ।

‘नेपालमा जन्मेर मात्रै हुँदैन, नेपाली भाषा, कला संस्कृति पनि बुझेको हुनुपर्छ, उसले देशप्रति बफादार रहेको लिखित गर्नुपर्छ,’ सुवालले बैठकमा भने, ‘अमेरिकामा ३ वर्षपछि र बेलायतमा ६ वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ भने नेपालमा २० वर्ष बसेकाले मात्रै नागरिकता दिने ब्यवस्था गर्नुपर्छ, त्यसका लागि लिखित अन्तवार्ता दिनुपर्छ ।’ नेकपा एमालेकी सांसद गंगा चौधरीले भने २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन् । सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved