Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले लाखौँ रकम असुल गर्न बाँकी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2022
1.2K shares

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले खोटाङको ऐसेलुखर्क गाउँपालिकामा वित्तीय नियमविपरीत भुक्तानी भएका लाखौँ रकम असुल गर्नुपर्ने औँल्याएको छ ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा अग्रिम कर, पारिश्रमिक आयकर, सामाजिक सुरक्षा कर, शिक्षकको तलब भत्ता निकासा, दोहोरो भत्ता, अनुपातिक कट्टिदेखि बढी भुक्तानी र दोहोरो भुक्तानीमा लाखौँ रकम असुल गर्नुपर्ने औँल्याएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा अग्रिम कर कट्टी नगरी भुक्तानी गरेकोमा १८ हजार ३३६ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । आयकर ऐन २०५८ को दफा ८८ /८९ मा भुक्तानीमा अग्रिम कर कट्टा गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, सहभागी र प्रशिक्षक भत्तामा १५ प्रतिशत अग्रिम कर कट्टा नगरी भुक्तानी दिएकोमा ४२ हजार ११६ रुपैयाँ असुल हुनुपर्ने महालेखाले जनाएको छ । आयकर ऐन २०५८ को दफा ८८ बमोजिम सहभागी र प्रशिक्षक भत्तामा १५ प्रतिशत अग्रिम कर कट्टा गर्नुपर्ने व्यवस्था छ ।

आयकर ऐन २०७७ अनुसार जुनसुकै पारिश्रमिक आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गर्नुपर्ने उल्लेख छ । तर विभिन्न आयोजनामा कार्य सञ्चालन गरेकोमा पारिश्रमिक भुक्तानी बापत कट्टा गर्न बाँकी ४४ हजार १११ असुल हुनुपर्ने भनिएको छ ।

प्रतिवेदनमा बील भरपाईभन्दा बढी भुक्तानी गरेको ३२ हजार ३८६ रुपैयाँ असुल हुनुपर्ने औंल्याइएको छ । किनकि सार्वजनिक खरिद नियमावली २०६४ को नियम बमोजिम प्राविधिक नाप जाँच गरी नापी किताबमा उल्लेख भएको नाप जाँचको तथा बिल भर्पाईको आधारमा भुक्तानी खर्च लेख्न नपाउने व्यवस्था छ ।

सार्वजनिक खरिद नियमावलीमा उपभोक्ता समितिको योगदान भन्दा कम काम सम्पन्न भई रनिङ बिल र मूल्यांकन प्रतिवेदन प्राप्त भएकोमा सोही अनुरुप स्थानीय निकायबाट व्यहोरिने रकमलाई सोही अनुपातमा कट्टी गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत गराएको निर्माण कार्यको भुक्तानीमा अनुपातिक कट्टा नभई बढी भुक्तानी भएको १४ हजार २१४ असुल गरी सञ्चित कोषमा दाखिला गर्नुपर्ने महालेखाले जनाएको छ ।

यस्तै, विन इन्जिनियरीङ ग्रुपलाई विभिन्न योजनाको माटो परीक्षण गर्न २ लाख ४० हजारमा सम्झौता भै प्रथम किस्ता वापत ९५ हजार भुक्तानी खर्च लेखिएको अवस्थामा कुनै काम नभएकाले उक्त रकमको १० प्रतिशत व्याज समेत ९ हजार ५०० रुपैयाँ असुल गर्नुपर्ने भनिएको छ । आयकर ऐन २०५८ को दफा ८९ अनुसार भाडा भुक्तानीमा १० प्रतिशत अग्रिम कर कट्टा गर्नुपर्ने उल्लेख छ । तर गाउँपालिकाले बहाने पोखरी महोत्सवमा प्रयोग गरेको कैलास हेलिकोप्टरको बिल १ लाख ५० हजार भुक्तानी लेखेकोमा १५ हजार अग्रिम कर कट्टा गर्नुपर्नेमा १।५ प्रतिशत २ हजार २५० मात्र अग्रिम कर कट्टा भएकोमा अपुग कर असुल गर्नुपर्ने औंल्याइएको छ ।

विद्यालयलाई माग गरेको भन्दा बढी दिइएको निकासा ४ लाख १९ हजार ८०७ असुल गर्नु पर्ने, २०७६ साल असार २७ को गाउँसभाको निर्णय अनुसार स्वास्थ्य शाखामा कार्यरत कर्मचारीले २४ घण्टे सेवा बापतको इमरजेन्सी भत्ता तथा सोही अवधिमा पूर्ण सट्टा तथा सार्वजनिक बिदाको दिनको समेत दोहोरो भत्ता निकासा भएकाले दोहोरो भत्ता बापतको ७२ हजार २१३ रुपैयाँ असुल हुनुपर्ने भनिएको छ ।

महालेखाले पेस्की फर्छ्यौट गर्नुपर्ने, खर्चको प्रमाण पेस गर्नुपर्ने, अनियमित भएको रकम दाखिला गर्नुपर्ने लाखौँ रकम औँल्याएको छ । खबरहबका बाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved