खाना पकाउने ग्यासको मूल्य बढ्ने

काठमाडौँ । हामीले खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ । यससँगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने […]
मन्त्रिपरिषद्बाट बजेट स्वीकृत,रेलमार्गका लागि ६ अर्ब ५३ करोड
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिएका छन् । पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगन्ज काठमाडौं रेलमार्ग […]
नदीमा डुबेर दुई बालककाे मृत्यु

काठमाडौँ । कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उपमहानगरपालिका – ३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका (३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय […]
सर्वोच्च अदालतको आदेशविरुद्ध धर्ना र चक्का जाम

काठमाडौँ । बाराको निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आईतबार भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका छन् । धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय […]
राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले सो कुरा बताएका हुन् । ‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सन्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित […]
चीनले सीमा नमिचेको भन्ने ओलीको अभिब्यक्ती माथि सांसद शाहीको आपत्ति,तस्बिर देखाउने चुनौती

काठमाडौं । हुम्ला जिल्लाकी एक्ली सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको प्रतिपक्षी दलका नेता तथा पुर्व प्राधनमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहीले प्रतिपक्षी दलका नेता तथा पुर्व प्राधनमन्त्री केपी शर्मा ओलीले नमिचिएको भूमि मिचिएको छ भनेर बबण्डर मच्याइयो भनेर झुटा भाषण गरेकोमा […]
नेपालीहरुले सरकारका कारण नागरिकता पाउन सकेनन् : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताए । सांसद यादवले सरकारले […]
पोखराका मेयर आचार्यलाई आयोगको स्पष्टीरकण

काठमाडौँ । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । मेयर आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको भनी अभिव्यक्ति दिएका थिए । आयोगले उनलाई सोधेको छ, ‘तपाईंको अभिव्यक्तिहरु नगर प्रमुख जस्तो जिम्मेवार जनप्रतिनिधिलाई सार्वजनिक मञ्चमा बोल्न असान्दर्भिक र अशोभनीय देखिन्छन् ? तपाईंलाई […]
गठबन्धन टुट्यो भने देश दुर्घटनामा जान्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुट्यो भने फेरि देश दुर्घटनामा जाने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेटबारे छलफलमा बोल्दै प्रचण्डले देशलाई प्रतिगामी तत्वबाट बचाउनका लागि पनि अहिले गठबन्धन आवश्यक रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई तिहाइ बुहमतको प्रतिनिधिसभा दुई दुई पटक भंग गरेको स्मरण गर्दै भने, ‘अहिले […]
गन्थनमा प्रत्येक कुराको जवाफ दिनुपर्छ भन्ने छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेटबारे छलफलमा बोल्दै उनले केपी ओली अहिले रन्थनिएको अवस्थामा रहेकाले जे बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने समेत बताए । महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै […]
