काठमाडौं । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिन नहुने बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथि दफाबार छलफलमा भाग लिदै सांसद पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती भएको बताइन्।

बाबु र आमा दुवैले बंशजको आधारमा नागरिकता प्राप्त गरेका छन भने मात्र तिनका सन्तानले बंशजको आधारमा नागरिकता पाउनुपर्छ। जन्म र विवाहका आधारमा बंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती, उनले भनिन्। उनले कुनै पनि देशले सर्वपक्षीय मूल्यांकन गरेर मात्रै देशको हित हुनेगरी नागरिकता वितरण गर्दै आएको बताइन्।










