प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार

काठमाडौं ।सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ। त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ। ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै […]
घाेषित निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई नेपालकाे निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजाे बसेको उक्त बैठकले निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । देशभर निर्वाचनको प्रचार गर्न […]
एमाले उपाध्यक्ष नेम्वाङकाे बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्याे

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार […]
गठबन्धनमा चुनावि तालमेलका लागि सहमति तर सिट बाँडफाँटमा अल्झन

काठमाडौं ।आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै […]
अखिल क्रान्तिकारीका दुवै समुहसँग प्रचण्डकाे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् । पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए । संगठनमा विवाद लामोसम्म राख्नु […]
१ नम्मर प्रदेशको नाम लिम्बुवान–किरात राख्न जसपाको माग

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम […]
समृद्धि र विकासको एजेण्डा बोकेर चाैधरी गृह जिल्ला नवलपरमा

काठमाडौं ।नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् । गृह जिल्लामा […]
सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्यो : एमाले महासचिव पाेखरेल

काठमाडौं ।एमाले महासचिव शंकर पोखरेलले देशहित विपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था […]
गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए । उनले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो […]
मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुनेछ : प्रवक्ता महत

काठमाडौ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले केही दिनमै […]
