काठमाडौं ।
राष्ट्रिय राजनितिक मुलधारकाे नजिक पुग्ने प्रकृयामा रहेकाे सामाजिक एकता पार्टीमा पार्टी भित्रै एक गुटकाे किचलाेले अवरोधकाे परिस्थिति आएकाे छ।
गत बैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचन अघि नै निर्वाचन आयाेगमा दर्ता प्रकृया सकियपनि अल्पसंखिक धार्मिक समुदायकाे हक हितलाई मुख्य केन्द्रबिन्दुमा स्थापना भएका एपि मसिह पार्टी, जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी बिच विभिन्न चरणमा पार्टी एकताकाे पहल गरिएपनि आन्तरिक पदिय जिम्मेवारी बाँडफाँटकै बेमेलका कारण भरत गिरी अध्यक्ष रहेकाे एपि मसिह पार्टिले एकलै आफ्नाे अस्तित्व र चुनाव चिन्हमा चुनावमा सहभागिता जनायाे ।

भने डा: बि पि खनालले नेतृत्व गरेकाे जनजागरण पार्टी नेपाल भने सि बि गहतराजले नेतृत्व गरेकाे सामाजिक एकता पार्टीसँग सामूहिकरुपले चुनाव लड्याे। लाेकतान्त्रिक प्रकृयालाई आत्मासाथ गर्दै र समुदायकाे हतिका लागि आन्तरिक एकता गरिए तापनि कानुनी रुपले निर्वाचन आयाेगमा भने दुई पार्टीबिच एकताकाे प्रकृया हुन सकेकाे भने थिएन, कारण रहेछ जनजागरण पार्टी नेपालले निर्वाचन आयाेककाे प्रकृया अनुरुप पार्टि अध्यावधिक गर्न बाँकि रहेकाे बुझिएकाे छ, जसको प्रमाण हिजोमात्रै सामाजिक एकता पार्टीले प्रकाशित गरेको विज्ञप्तीमा आयोगको पत्रसहित दिइएको छ ।
![]()
पार्टि एकताकाे केही महिना नपुग्दै विभिन्न दाेषाराेपण र विशेषगरी बिपी खनाल पक्षधरहरूले अध्यक्ष सिबि गहतराजका विरूद्ध अमर्यादित र अपाच्य( समुदायमा घृणित हुने ) आराेप र लान्छाना सहितकाे टीका टिप्पणि सामाजिक सञ्जालहरुमा गरिरहँदा जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टीले पत्रकार सम्मेलन गरेरै पार्टि अलगिएकाे छ। जनजागरण पार्टिका अध्यक्ष बिपि खनालले सामाजिक एकता पार्टिका अध्यक्ष सिवि गहतराज माथि लगाइएका सात गम्भीर आराेपहरु:
- पार्टी एकीकरणका लागि आधारभूत शर्तहरू (सामुहिक नेतृत्व, समावेसिता र विधानको पालना) मान्ने कुरा निरन्तर अटेर गरस् मनोमानी ढंगले पार्टीलाई चलाउने नभए आफैँ बाहिरिने घुर्की अध्यक्ष श्री सीबी गहतराजबाट घरिघरि आइरहेको ।
- पार्टीभित्र गुटबन्दी गर्दै एकआपसमा बैमनस्यता बढाउने काम स्वयं अध्यक्षबाटै भएको ।
- निर्वाचन आयोगसमक्ष एकीकरण प्रक्रिया टुङ्गो लगाउन आलटाल गर्दै जनजागरण पार्टी नेपालको तर्फबाट आबद्ध साथीहरुलाई निषेध र हतोत्साहित गर्ने काम निरन्तर गरिएको ।
- पार्टीको आर्थिक कारोबारमा चरम अनियमितता, लापरवाही र अपारदर्शिता कायम राख्दै छोटो समयमा नै पार्टीलाई ऋणमा डुबाउने काम भएको ।
- एकीकरणताका स्वीकार गरिएका न्युनतम शर्तहरू अटेर गरी अनावश्यक एजेण्डाहरू बैठकमा प्रवेश गराई पार्टीलाई गतिहिन अवस्थामा धकेल्दै एकताको मर्म विपरीत समितिमा अनावश्यक हेरफेर गर्ने र केही साथीहरुलाई पाखा लगाउने फाेहोरी खेल शुरू गरिएको ।
- पार्टीको विधान तथा नियमावली विपरीत आफ्नो प्रसंसा गर्न नसक्ने साथीहरूलाई कपटपूर्ण तवरले कार्वाही गरेको, जिम्मेवार नेता कार्यकर्ताहरूलाई स्वेच्छाचारी ढंगले पदबाट हटाएको ।
- केन्द्रिय अध्यक्ष स्वयं गम्भीररुपमा आर्थिक अपचलन तथा ठगी गतिविधमा संलग्न भई विभिन्न व्यक्ति तथा चर्चबाट रुपियाँ असुली गरी करोडौं ठगी गरेको ।
भने यसैकाे प्रतिकारात्मक जवाफि विज्ञप्ती निकाल्दै सामाजिक एकता पार्टिले भने, जनजागरण पार्टिले सिबि गहतराजमाथि लगाएकाे आराेपहरुकाे खण्डन मात्रै होईन पुष्टि गरेर देखाउन चुनौती सहित विज्ञप्ती जारी गरेकाे छ। प्रस्तुत छ उक्त विज्ञप्ती :
सामाजिक एकता पार्टी
** प्रेस विज्ञप्ति **
मितिः २०७९ श्रावण ११
भ्रामक अफवाहमा नपर्नुहुन अनुरोध
उपरोक्त सम्बन्धमा विगत केही दिनयता यस सामाजिक एकता पार्टी, पार्टीका पदाधिकारीहरू तथा विशेषगरी अध्यक्षको बारेमा कतिपय उद्दण्ड व्यक्तिहरूले तथ्य र आधारहीन अफवाह फैलाएका हुँदा, त्यस्ता निराधार हल्लाको कारण भ्रममा नपर्नुहुन सम्पूर्ण पार्टी पङ्ति, शुभेच्छुक तथा आम नागरिकहरूमा अनुरोध गर्दछाैं ।
साथै त्यस्ता गैरजिम्मेवार कृत्यमा संलग्न हुने व्यक्तिहरूलाई तथ्य र प्रमाणका आधारमा मात्रै लेख्न बोल्न, कुनै अपराध गरिएको भए कानुनी प्रकृयाद्वारा सम्बोधन गर्न समेत चुनाैती दिन्छाैं ।
यसै क्रममा, यस्ता उद्दण्ड व्यक्तिहरूको साथ लागेर, पार्टीका बैठकहरूमा अनुपस्थित भई, गैरजिम्मेवार ढंगले भ्रमको खेतीमा संलग्न भएको कारण डा. बि. पी. खनाललाई उपाध्यक्ष लगायत पार्टीको साधारण सदस्य समेत नरहनेगरी बर्खास्त गरिएको कुरा समेत जानकारी गराउँदछाैं । साथै, लगाइएका कतिपय संगीन आराेपहरूबारेको खास सत्यता यस प्रकार रहेको पनि स्पष्ट पार्दछाैंः
१) पार्टी एकीकरणका लागि आधारभूत शर्तहरू (सामूहिक नेतृत्व, समावेसिता र विधानको पालना) सम्बन्धमाः सामूहिक नेतृत्वको अर्थ महासचिव र वरिष्ठ उपाध्यक्ष भएर अध्यक्षलाई कुनै पनि एजेण्डा ल्याउनै नपाइने भन्ने होइन। विधानमा ३ जनाको विशेष समिति भन्ने कुरा कपटपूर्ण तरिकाले घुसाइएको रहेछ, निर्वाचन आयोगमा दर्ता भएको विधानमा त्यस्तो विशेष समिति छैन, र आयोगको नजरमा मान्य पनि हुँदैन। यो विशेष समितिको प्रस्ताव सुनिल महर्जनको थियो, अध्यक्षको होइन ।
२) गुटबन्दीबारेः अध्यक्षबाट पदाधिकारीहरूको क्षमता र उपलब्धता तथा उहाँहरूको चाहनाअनुसार नै केही पद हेरफेर गरिएको हो, जुन सम्पूर्ण टिमकै हितको पक्षमा थिए र छन् । बरू तत्कालीन व. उपाध्यक्षबाट कहिले कुन सहमहासचिवलाई कार्यकारिणीबाट हटाउने, कहिले कसलाई कारबाही गर्ने भन्ने तानाशाही दबाव दिइएकोचाहिँ सत्य हो। कारणः सम्बन्धित जिम्मेवारी पाएका सहमहासचिव र उपमहासचिवले कार्यक्रम समयमै व्यवस्थित रूपमा सञ्चालन गर्न स्मरण गराएको, संगठन विस्तारको काम मितव्ययितापूर्वक कुशल रूपमा अगि बढाएको, र स्पष्ट प्रस्तुति दिएको, जसको कारण आफूहरू अक्षम र बोझिल प्रमाणित भएको कुरा तत्कालीन व. उपाध्यक्ष र महासचिवबाट महसुस गरी सहकर्मीहरूको क्षमताको कदर गर्न असमर्थ भएको ।
३) निर्वाचन आयोगसमक्ष एकीकरण प्रक्रिया टुङ्गो लगाउने बारेः जनजागरण पार्टीको अध्यावधिक नभएको भन्ने कुरा वैशाख पहिलो हप्तामै आयोगले बताएको हुँदा सोही जानकारी जनजागरणका पदाधिकारीहरूलाई दिइएको, तर सो सूचना अविश्वास गरिएकोमा, यसै हप्ता मात्रै आयोगले फेरि इमेल पत्राचार गरी सोही जानकारी गराएको छ, जसको प्रमाण संलग्न फोटोमा देख्न सक्नुहुन्छ । यसरी आफै अध्यावधिक नगरी बस्ने, जसको कारण एकता प्रकृया ढिलो हुनपुग्यो, तर दोष भने अरूमाथि थोपर्नु गैरजिम्मेवारीको पराकाष्ठा मात्रै हो भन्ने पुष्टि हुन्छ ।
४) पार्टीको आर्थिक कारोबारः यो आर्थिक विभाग र कोषाध्यक्षको जिम्माको कुरा हो (अगिल्लो हप्तासम्म जनजागरण पार्टीकै तर्फबाट कोषाध्यक्ष हिराकाजी महर्जन नै रहेको, अनि लेखा विभाग प्रमुख पनि जनजागरणतर्फबाटकै राजु नेपाल रहेको)। यसकारण यसमा अध्यक्षलाई मुछ्नु व्यर्थ छ । बरू निज सुनिल महर्जनले पार्टीबाट रू ५५,००० हजार लगेको, तर आजसम्म सो रकम कहाँ कसरी खर्च भयो, फर्छयाैट नगरेको अवस्था छ ।
त्यसैगरी बिपी खनालले पनि रू. १००,००० (एक लाख) लगेको र सोको फर्छयाैट नभएको कुरा अवगत गराउँछाैं ।
जहाँसम्म रू ५०,००० पार्टीलाई दिएको कुरा छ, पार्टी सञ्चलानको लागि प्रत्येक पदाधिकारीले निश्चित रकम योगदान गर्ने भनी जेष्ठ २ गते पार्टीको तत्कालीन स्थायी समितिमा गरिएको निर्णयमा तोकिएको रकमकै अंश थियो । यसमा बढी नै योगदान गरेको भन्ने कुरा होइन ।
५) एकिकरणताका स्वीकार गरिएका न्युनतम शर्तहरू र पाखा लगाउने खेलबारेः समावेशीता, लचकता र साझा बुझाइका आधारमा चल्ने सहमति थियो। एजेण्डामा छलफलबिना सबैलाई जानकारी र उही बुझाइ हुँदैन, यसकारण एजेण्डा प्रवेश नै गराउनुहुँदैन भन्ने सोच नै तानाशाही हो। कोही, कुनै पनि पदाधिकारीलाई काखापाखा लगाइएको छैन, एकतापछिका माइन्युट बुकहरू हेर्दा स्वतः बुझिने कुरा छ ।
अभिवादनको सम्बन्धमाः तत्कालीन जनजागरण पार्टीको अभिवादन शालोम रहेको, सामाजिक एकता पार्टीमा अभिवादनको बारेमा खुल्ला रहेको अवस्थामा, कुन अभिवादन सबैलाई समेट्ने र पाच्य हुन्छ, सोही चलाउने निर्णय गर्ने, तर त्यसभन्दा पहिले यो विषयलाई बैठकमा ल्याई यसबारेमा छलफल गराई सबै जना स्पष्ट बन्न बनाउनका लागि यो एजेण्डा प्रवेश गराइएको थियो । तर यसै विषयलाई विवादको जड बनाइयो भन्नु तर्कहीन कुरा मात्रै हो ।
६) कारबाही सम्बन्धमाः गुटबन्धी गर्नेहरूले अध्यक्षको नेतृत्व स्वीकार गर्न नसकेको, सहकर्मीहरूको क्षमतालाई मान्यता दिन नसकेको, गैरजिम्मेवार, उद्दण्ड व्यक्तिको क्रियाकलापलाई अनुशासित गर्न नसकेकोचाहिँ सत्य हो।
अनि पार्टी कार्यालय तोडफोड गर्ने, कर्मचारी र प्रेस संयोजकमाथि धाकधम्की दिने र प्रेस संयोजकको ल्यापटपमा हानेर फुटाइदिने व्यक्ति सुनिल महर्जनको यस्तो क्रियाकलापबारे एक शब्द नबोली हप्ताैंसम्म माैन समर्थन, अझ त्यस्तो कृत्यको औचित्य पुष्टि गर्नतर्फ लागेको कारण तत्कालीन महासचिव बि. पी. खनाललाई उक्त जिम्मेवारीबाट मुक्त गरी वरिष्ठ उपाध्यक्षका रूपमा पदोन्नति गर्ने प्रस्ताव गरिँदासमेत माैन बसी अन्त्यमा विमति जनाएको कारण पछिबाट उपाध्यक्षका रूपमा मात्रै राख्ने निर्णय गरिएको थियो ।
७) कारोबार सम्बन्धमाः अध्यक्षमाथि लगाइएको आरोपको वास्तविकता यो होः उहाँले गैंडाकोटको चर्चको जग्गाको बैना नै पच हुने अवस्था देखेर र पास्टरको अनुरोध अनुसार आफ्नो तर्फबाट र बाँकी सहकारीबाट ऋण पास गराई उक्त जमिन अरूलाई बिक्री गर्न बाट बचाउनुभएको प्रष्ट छ। सहकारीबाट लिएको ऋणको ब्याज अहिलेसम्म पनि अध्यक्षले नै तिरिरहनुभएको रसिद प्रमाण भएको प्रष्ट देखिन्छ। यसकारण यस्तो कारोबार सल्टाउन, सबैको पायकमा काम गर्न समय लाग्छ, यो सामान्य कुरा हो। यसलाई बि. पी. खनाल र सुनिल महर्जनले अनावश्यक प्रकारले उचाली त्यसलाई ठूलो कमजोरी बनाई पार्टीको अध्यक्ष पद आफै लिने र पार्टी कब्जा गर्ने सल्लाह गरि जावलाखेलको एउटा क्याफेमा अर्का उपाध्यक्ष रोशन खतिवडाजीलाई मनाउन खोज्दा उपाध्यक्ष रोशन खतिवडाजीले त्यस्तो घृणित षड्यन्त्रमा सहभागी नहुने निश्चय गर्नुभपछि र अनौपचारिक भन्दै औपचारिक बैठक बसेर ६ जनाको बहुमतले अध्यक्षलाई हटाएर आफू अध्यक्ष बन्ने योजनामा उपाध्यक्ष रोशन खतिवडाजीले साथ नदिनुभएपछि र अघिल्लो दिन नै माइनुट बुकलाई सुरक्षीत स्थान्तरण गरिएको कारण क्रोधित भइ सुनिल महर्जनले कार्यालय तोडफोड गर्नुहुँदा र प्रेस संयोजकको ल्यापटप फुटाइदा तत्कालीन महासचिव बि.पी. खनाल साथै रहेकोले सबै परिघटनहरु सुनियोजित देखिन्छ। अध्यक्षसँग सम्बन्ध र चिनजान नभएका कतिपय मानिसहरूलाई अत्याएर शंका उपशंका सृजना गराएर नियोजित रूपमा चरित्र हत्या गर्ने प्रपञ्च रचिएको स्पष्ट हुन्छ ।
यसमा कतिपय व्यक्तिहरूले अध्यक्षको विरूद्धमा जातीय र नश्लीय द्वेषभाव राखेर, उहाँको नेतृत्व स्वीकार गर्न नसकेको कारण यस्ता अफवाहहरू सृजना गरेर पद हत्याउन सक्दो प्रयत्न गरेको कुरा स्पष्ट देखिन्छ ।
यसकारण, हाम्रो पार्टी र पार्टीका पदाधिकारीहरूका बारेमा फैलाइएका यस्ता मानहानीजनक हल्लामा सहभागी नबन्नुहुन, आफ्नै मानसम्मान र इज्जत प्रतिष्ठामा आँच पुग्ने काममा संलग्न नबन्नुहुन समेत सम्पूर्ण शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछाैं ।
धन्यवाद ।
मुरारी प्रसाद पाण्डे
सहमहासचिव तथा प्रवक्ता,
सामाजिक एकता पार्टी










