Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अन्न निर्यातका लागि युक्रेनको रुससँग सम्झौतामा हस्ताक्षर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2022
3 shares

काठमाडौंं । रुसले फेब्रुअरी २४ मा गरेको आक्रमणसँगै विश्वमा देखिएको अन्नको अभावले दशौँ लाख मानिसहरूलाई भोकमरीको जोखिममा पारेको छ।

किएभले मस्कोसँग प्रत्यक्ष सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो र कुनै पनि ‘उत्तेजनात्मक’ गतिविधिलाई ‘तत्कालै सैन्य प्रतिक्रिया’ जनाइने चेतावनी दिएको थियो। दुवै पक्षले इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा भाग लिएका थिए तर उनीहरू एउटै टेबुलमा भने बसेनन्।

सम्झौतामा हस्ताक्षर

रुसी रक्षामन्त्री सर्गेइ सोइगुले सुरुमा हस्ताक्षर गरे। त्यसपछि युक्रेनी पूर्वाधारमन्त्री ओलेक्सान्डर कुब्राकोभले किएभका तर्फको हस्ताक्षर गरेका थिए।

उक्त सम्झौतामा पुग्न दुई महिना लागेको थियो। र सो सम्झौता १२० दिन कायम रहने भनिएको छ र त्यसको समन्वय एवं अनुगमन केन्द्र इस्तानबुलमा स्थापना गरिनेछ जसमा राष्ट्रसङ्घ, टर्की, रुस र युक्रेनका कर्मचारीहरू राखिनेछ।

दुवै पक्षको सहमतिमा सम्झौतालाई फेरि नवीकरण गर्न सकिने पनि भनिएको छ।

युक्रेनी अन्न आपूर्तिमा लगाइएको बन्देजले विश्वव्यापी खाद्य सङ्कट निम्त्याएको थियो र गहुँबाट बन्ने पाउरोटी र पास्ताको मूल्य उच्च भएको थियो। त्यसबाहेक खाना पकाउने तेल र मलको मूल्य समेत वृद्धि भएको थियो। अमेरिकाले उक्त सम्झौता कार्यान्वयनको कदम तुरुन्तै चाल्न मस्कोलाई भनेको छ।

ह्वाइट हाउसका प्रवक्ता जन किर्बीले विश्वका अति जोखिममा रहेका व्यक्तिहरूलाई थप असुरक्षा र कुपोषणबाट जोगाउन त्यस्तो गर्नु आवश्यक रहेको टिप्पणी गरे।

सम्झौतामा के छ ?

यसअघि रुसी रक्षामन्त्रीले उक्त सम्झौताले आगामी दिनमा समाधानको सुरुवात गराउन सक्ने बताएका थिए।

“मैले युक्रेनबाट कृषिजन्य उत्पादनको आपूर्तिको मात्रै कुरा गरिरहेको छैन। हामी रुसी बन्दरगाहबाट कृषिजन्य उत्पादन र मलको आपूर्ति गर्ने दिशामा पनि काम गर्न सक्छौँ,” उनले थपे।

“कूटनीतिज्ञहरूका अनुसार सम्झौताका मुख्य व्यवस्था यस्तो छ”

रुसले सामानहरू गन्तव्यतर्फ पठाइँदै गरेको अवस्थामा बन्दरगाहहरूलाई निशाना बनाउने छैन,

युक्रेनी पानीजहाजहरूले धराप बिछ्याइएका समुद्री क्षेत्रमा कार्गो पानीजहाजहरूलाई बाटो देखाउने छन्,

राष्ट्रसङ्घको सहयोगमा टर्कीले पानीजहाजहरूको निरीक्षण गर्नेछ र हातहतियार तस्करी हुनसक्ने रुसी भय सम्बोधन गरिने छ र
मृतसागरबाट हुने रुसी अन्न र रासायनिक मलको आपूर्ति सहजीकरण गरिने छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले उक्त निकायको नेतृत्व सम्हालेपछि आफूले गरेका सम्भवतः सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा उक्त घटनालाई चित्रित गरेका छन्।

“आज मृतसागरमा उज्यालो छाएको छ,” इस्तानबुलमा उनले भने। “यो आशाको प्रकाश हो।”

दुई करोड टनभन्दा बढी युक्रेनी अन्नको आपूर्ति हुने सम्भावना देखा परेसँगै शुक्रवार विश्व बजारमा गहुँको मूल्य दुई प्रतिशतले घटेको थियो।

शुक्रवारको आफ्नो रात्रिकालीन सम्बोधनमा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशसँग झन्डै १० अर्ब डलर बराबरको बिक्रीयोग्य अन्न रहेको बताएका थिए।

उनले मस्कोले ‘उत्तेजनात्मक गतिविधि गर्न सक्ने र युक्रेनी र अन्तर्राष्ट्रिय प्रयासलाई बदनाम गराउने कोसिस गर्न सक्ने’ चेतावनी दिए।

सम्झौता सुनिश्चित गर्ने जिम्मेवारी राष्ट्रसङ्घको भएको उल्लेख गर्दै उनले भने, “तर हामी संयुक्त राष्ट्रसङ्घलाई विश्वास गर्छौँ।”
तर महासचिव गुटेरसले बीबीसीलाई सम्झौता उल्लङ्घन गरेको खण्डमा रुसलाई दण्डित गर्ने विधि राष्ट्रसङ्घसँग नभएको बताए।

त्यस्तो अवस्थामा एउटा पूर्ण रूपमा अस्वीकार्य ठूलो स्तरको विवाद उत्पन्न हुने र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा प्रतिक्रिया जनाउने उनको भनाइ थियो।

सोइगुले रुसले आफ्ना दायित्वहरूलाई मान्ने भन्दै बन्दरगाहहरू खुला रहेका कारण अन्य फाइदा नलिइने टिप्पणी गरे।

युक्रेनका बन्दरगाहहरूमा नाकाबन्दी लगाएको आरोप रुसले सधैँ अस्वीकार गर्दै आएको छ।

उसले युक्रेनलाई समुद्रमा धराप बिछ्याएको र पश्चिमा प्रतिबन्धहरूले रुसको आपूर्तिलाई सुस्त पारेको बताउने गरेको छ।बीबीसी

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved