Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फोहोर पानी व्यवस्थापन ५ वर्षमा २७ प्रतिशत काम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2022
3 shares

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि सरकारले सुरु गरेको प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माणमा चरम ढिलासुस्ती भएको छ ।

सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक सहयोगमा सन् २०१७ देखि केन्द्रको निर्माण थालिएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीले ५ वर्षमा एक तिहाइ पनि काम सकिएको छैन ।

आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौंको धोबीघाटमा प्रतिदिन ३ करोड ७० लाख लिटर क्षमताका २ वटा केन्द्र तथा ललितपुरको बालकुमारीस्थित कोड्कुमा १ करोड ७५ लाख लिटर र भक्तपुरको सल्लाघारीमा १ करोड २२ लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन गर्ने गरी निर्माण सुरु गरिएको थियो ।

सन् २०१७ मे ७ मा करिब ४ अर्ब रुपैयाँको लागतमा ‘साफ्बम’ नामक चिनियाँ कम्पनीले धोबीघाटको एकसहित तीनवटा केन्द्र निर्माण गर्ने सम्झौता गरेको थियो । साढे २ वर्षमा सक्ने गरी सम्झौता भए पनि हालसम्म समग्रमा २७ प्रतिशत काम मात्रै सकिएको छ ।

धोबीघाटमै बनिरहेको अर्को प्रशोधन केन्द्रको काम भने सम्पन्न हुने अवस्थामा रहेको छ । अर्को चिनियाँ कम्पनी ‘सीओसी’ ले निर्माण थालेको उक्त केन्द्रको काम आगामी डिसेम्बरभित्र सक्ने लक्ष्य रहेको मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार कोड्कु र सल्लाघारीको केन्द्र निर्माणको काम कोरोना महामारी सुरु भएयता ठप्प छ । लामो समयसम्म काम रोकिँदा केन्द्रका निर्माणाधीन संरचना झाडीले छोपेको छ भने फर्मा गाडेको स्थान पानीले भरिएको छ । ३० प्रतिशत कम मूल्यमा ठेक्का लिएको साफ्बम कोरोना महामारीका कारण आर्थिक संकटमा परेपछि निर्माण अघि बढ्न नसकेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved