Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वामपन्थी दलहरुसँग एकता हुन सक्छ : अध्यक्ष ‘प्रचण्ड’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2022
3 shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्रका वामपन्थी दलहरुसँग एकता हुन सक्ने बताएका छन् । शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका समूहसँग एकताको प्रयास भइरहेको बताए । ‘सम्भवतः केही दिनभित्र हामी एउटा निर्णयमा पुग्छौं’, उनले भने ।

गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझदारी बनाउनपर्ने उनको भनाई छ । ‘गठबन्धनभित्रका वामपन्थी दलहरुसँग राम्रो समझादारी बनाउनपर्छ। सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुनसक्छ । पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ। छलफल भइरहेको छ’, अध्यक्ष प्रचण्डले भने ।

जनता समाजवादी पार्टी फुटिसकेको, औपचारिक घोषणा हुन मात्र बाँकी भएको उनले बताए । ‘बाबुरामजीहरुको जनता समाजवादी पार्टी फुटिसकेको छ, त्यसको औपचारिकता दिन मात्र बाँकी छ । त्यो सँगै दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ,’ प्रचण्डले भने, ‘उपेन्द्रजीसँग नेतृत्व गरिरहेको पार्टीसँग हामी गठबन्धनमा पनि सँगै छौं। बाबुरामजीले अर्को बनाउने पार्टी पनि गठबन्धनभन्दा बाहिर हामी हुँदैनौं भन्नुभएको छ। यसकारण उहाँहरु गठबन्धनबाट बाहिर जाने अवस्था छैन।’

माधव नेपाल, बाबुराम भट्टराई, वामदेव गौतम र आफूसहितका नेताहरु सो अभियानमा लागेको प्रचण्डको भनाई छ । यस्तै संसदबाट शुक्रबार पारित नागरिकता विधेयकको समाचार जनकपुर पुगेर सुनाउन पाएकोमा प्रचण्डले खुसी व्यक्त पनि गरे ।

‘हिजो मात्रै सदनबाट नागरिकताको समस्या समाधान भएको छ । जसको कारण झण्डै ६-७ लाख नेपालीहरु धेरै कामबाट वञ्चित हुनुपर्ने अवस्था थियो । त्यसको समाधान भएको छ,’ प्रचण्डले भने, ‘त्यो तुरुन्तै कार्यान्वयन हुन्छ । आज जनकपुरमा आएर पहिलोचोटी मैले पार्टीको तर्फबाट सुनाउन पाउँदा तपाईंहरुको माध्यमबाट मधेशका सम्पूर्ण जनतामाझ यो खुसीको समाचार सुनाउन पाउँदा गर्वको महसुस भएको छ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved