संसदमा यौन हिंसाविरुद्ध संशोधन विधेयकमाथि छलफल

काठमाडौँ । संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् । हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो […]
यस्तो हुनेछ सार्वजनिक शौचालयको सङ्केत चिन्ह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्ह तयार पारेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा […]
आज एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ

काठमाडौं । आज एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको शपथ हुँदैछ । एकीकृत समाजवादीले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ । एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएकाहरूको सोमबार दिउँसो शपथ हुने हुँदैछ । सोमबार दिउँसो शपथका लागि तयारी अवस्थामा बस्न उनीहरूलाई बालुवाटारबाट खबर गरिएको छ । एकीकृत समाजवादीको आइतबारको […]
संसद् बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार (आज) बस्दै छ । संसद्को ११औं अधिवेशन अन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने

काठमाडौँ । एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ । पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार […]
समाजवादीका नयाँ मन्त्रीहरुको नामावली बालुवाटार पुग्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय पौडेलले रातोपाटीलाई जानकारी दिए । […]
रुपन्देही दुर्घटनामा मृत्यु भएका ९ मध्ये ८ जनाको सनाखत

काठमाडौँ । रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाएका ९ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । मृतक ९ मध्ये ८ जनाको सनाखत भएको रुपन्देहीका एसपी रबिन्द्र रेग्मीले बताए । आइतबार बिहान जनपकुरबाट भैरहवा आउँदै गरेको लु।२ ख ३८४१ नम्बरको बस भैहरवा–परासी हुलाकी सडक खण्डको पुलबाट खसेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा […]
नेकपा एकीकृत समाजवादीले यी नेतालाई बनाउँदै छ मन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिन लागेको हो । सम्मानित नेता झलनाथ खनालले २४ घण्टाभित्रै मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको रुपमा पठाइने जानकारी दिए । ‘२४ घण्टाभित्रै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ […]
नेकपा एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल थालेको छ । आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरबारे छलफल भएको हो । शनिबारदेखि चलिरहेको बैठकमा आज सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको र त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले बताएका छन् । उनका अनुसार मन्त्रीहरूलाई ६ […]
पहिलोपटक रक्सौल हुँदै काठमाडौं आएको हुँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफू पहिलोपटक भारतको लखनाउ, गुहाटी हुँदै काठमाडौं आएको बताएका छन् । आइतबार सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको ११औं साधारणसभालाई समबोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले सुदूरपश्चिमले विकास निकै ठूलो फड्को मारेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘डडेलधुराबाट धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ, लखनउबाट गुवाहटी, त्यहाँबाट रेल चेञ्ज गरेर रक्सौल पुगे । रक्सौलबाट […]
