काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीले दलको नेता चयनका लागि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाईएको छ।

मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने छ । यो पार्टीले थ्रेस होल्ड कटाउन नसकेका कारण सांसदको संख्या १० जनामा सीमित रहेको छ ।










