Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा विभाजनपछि पहिलोपटक ओली,दाहाल र खनालबीच जम्काभेट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 21, 2022
27 shares
काठमाडौं । नेकपा विभाजनपछि पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको लागि आयोजित शपथग्रहण कार्यक्रममा सहभागी हुने क्रममा तीन जना नेताहरुबीच जम्काभेट भएको हो । सो क्रममा तीन जना नेताले भलाकुसारी पनि गरेका थिए ।नेकपा विभाजनपछि उनीहरुबीच पहिलोपटक यसरी भेट भएको हो । भोलि प्रतिनिधिसभाका सांसदहरुको शपथ हुँदैछ । राष्ट्रपतिले नयाँ सरकार गठनको लागि समयसिमा नै तोकेको अवस्था छ । पछिल्लो समय वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य पनि भैरहेको छ। एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर नै प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको छ।

तर, प्रचण्ड भने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनबाट नै प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसको लागि दाहालले आज अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मालाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकहाँ आफ्नो दूतको रुपमा पठाएर शक्ति बाँडफाँडको प्रस्ताव राखेका छन् । सो क्रममा शर्माले देउवालाई पहिलो चरणमा सरकारको नेतृत्व प्रचण्डलाई दिन आग्रह गरेको बुझिएको छ ।

आजै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । देउवाले पनि नयाँ सरकार गठनको लागि गृहकार्य थालेका छन् । उनले आजै साँझ बस्नेगरि गठबन्धनको बैठक बोलाएका छन् । दलको नेतामा निर्वाचित भएलगत्तै देउवा माधव नेपाललाई अस्पतालमा भेट्न पुगेका थिए । सो क्रममा प्रचण्ड पनि सँगै थिए । उनीहरुबीच सरकार गठनबारे अस्पतालमै प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ ।

प्रचण्ड भने नयाँ सरकारको पहिलो चरणमा नेतृत्व गर्न चाहन्छन् । उनी कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्वको लागि अवसर नदिए गठबन्धन तोडेर भएपनि एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बन्ने रणनीतिका साथ अघि बढेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved