प्रदेश १ को समन्वय परिषद्को बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत, खाेटाङबाट गिरेन्द्र राई

खोटाङ। प्रदेश १ को समन्वय परिषद्को बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत भएको छ । आज बसेको बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै मुख्यमन्त्री राजेन्द्र कुमार राईले १० जनालाई समन्वय परिषद् सदस्यमा मनोनीत गरेकाे छ । मुख्यमन्त्री राईले मनोनीत गर्नुभएको १० जनामा खोटाङ जिल्लाबाट ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रकुमार राई रहेका छन् । यस्तै ओखलढुंगाबाट खिजिदेम्बा गाउँपालिकाका […]

मन्त्री झाँक्री र मेयर बालेनलाई महामन्त्री गगनको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रशंसा गरेका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्री झाँक्री र मेयर बालेन्द्रले गरेको प्रयासको प्रशंसा गरेका हुन् । काठमाडौंका सडक फोहोरले पुरिन लागेको बेला मन्त्री झाँक्री र […]

फोहोर व्यवस्थापन गर्न आयोजनाको बजेट काट्न गगन थापाको प्रस्ताव

काठमाडौँ । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि विभिन्न ५ आयोजनाको बजेट काट्न सांसद गगन थापाले प्रस्ताव गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथि छलफलका क्रममा उनले काठमाडौं महानगरमा यो वर्षका लागि छुट्याइएको फ्लाई ओभरको बजेट फोहोर व्यवस्थापनमा खर्च गर्न आग्रह गरे । उनले भने–‘फोहोरको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयको बजेटले पुग्दैन । […]

पार्टीकै नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरु आफ्नो बदनाम गर्न लागिपरेको भन्दै खनिएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निमार्णको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका हुन् । आफूलाई मन्त्री बन्ने लोभ नरहेको […]

समाजमा यौन हिंसाले धेरै विकृति ल्याएको छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाले समाजमा धेरै विकृति ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिदै गृहमन्त्री खाणले २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताए । ‘बाँकेको सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न भएको पाइएको छ । त्यसले गर्दा पनि उनीहरुलाई ओरियन्टेशन र शिक्षाको […]

काठमाडौंको फर्पिङको जंगलमा मृत भेटिएका युवक-युवतीको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा मृत भेटिएका युवक मकवानपुर र युवती दाङकी भएको खुलेको छ । प्रहरीका अनुसार सोमबार जंगलमा एकै ठाउँमा भेटिएको शव मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमालको रहेको खुलेको हो । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मृतक युवा युवतीको आज पहिचान […]

कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईसहित चार नेताविरुद्ध अन्तर्घातको आरोपमा उजुरी

खोटाङ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश (ख)का सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ […]

दिक्तेल मझुवागढी नगरपालिकामा उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासे योजना तथा कार्यक्रममा अनियमितता भएको जनाउँदै स्थानीयवासीले दिएको उजुरीमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । नगर कार्यपालिकाको सोमबार बसेको पहिलो बैठकले विसं २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा अनियमितता भएको जनगुनासो तथा उजुरी परेपछि […]

काठमाडौं १६ का वडाध्यक्ष रिजाल आफैं फोहोर संकलनमा जुटे

काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा निस्किएका छन्।आफ्नो क्षेत्रअन्तर्गतका चोकहरुमा थुप्रिएको फोहोर वडाकै पहलमा उठाएर तत्काल समस्या समाधानमा पहलको सुरुवात गरिएको रिजालले बताएका छन्। उनका अनुसार चोकचोकबाट उठाइएको फोहोर तत्कालका लागि अल्पकालीन ब्यवस्थापन गर्न लागिएको हो। ‘कालधारा र शाशा गेटमा रहेको फोहरको अल्पकालीन ब्यवस्थापनमा जुटेका छौं,’ उनले भने,‘सहयोग गर्नुहुने काठमाडौं […]

३५ लाख लुट्ने हवल्दारसहित दुई पक्राउ

काठमाडौं । दुई साताअघि काठमाडौंमा ३५ लाख लुट्ने प्रहरी हवल्दारसहित दुई जनालाई काठमाडौं प्रहरीले सार्वजनिक गरेको छ । सस्तोमा सुन बिक्रि गर्ने प्रलोभनमा पोखराका एक व्यापारीको ३५ लाख लुट्ने हवल्दार शालिकराम नेपाली र पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । गत ८ जेठमा उनीहरुले एक किलो सुन किन्न बोलाएर लैनचौरस्थित ब्याडमिन्टन कोर्टछेउको एक खाजाघरबाट ३५ […]