Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

त्याे एकलाख डलरकाे ढकालकाे समानुपातिक संसद पद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 13, 2022
18 shares

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा विदेशी प्रभाव र हस्तक्षेप हुने कुरालाई नकार्न सकिँदैन। मंसिर ४ गते भएको निर्वाचनमा पनि विभिन्‍न शक्ति राष्ट्रहरुले प्रभाव पार्न खोजेको भन्दै राजनीतिक वृतमा चर्चा भइरहेको छ।

प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली क्रिश्चियन प्रचारक एकनाथ ढकाललाई समानुपातिक सांसद बनाउनैपर्ने बाध्यतामा परेका छन्। यसअघि २०७६ मा पनि एकनाथले आफूलाई राष्ट्रिय सभामा ल्याउनुपर्ने भन्दै ओलीलाई दबाब नै दिएका थिए। तर, त्यस समय भने ओलीले एकनाथलाई राष्ट्रिय सभा सदस्य बनाउन भने सकेनन्।

पार्टीभित्र चर्को विरोध हुँदा पनि अध्यक्ष ओलीले अन्तिममा एकनाथलाई समानुपातिक सांसद् बनाउन अन्तिम सूची नै निर्वाचन आयोगमा पठाएका छन्। एउटा पार्टीको अध्यक्ष बाहल भएकै अवस्थामा पनि ओली एकनाथलाई एमालेबाट समानुपातिक सांसद बनाउने बाध्यतामा छन्।

एमालेमा लामो समय संगठन निर्माण गर्दै पार्टीकै हितका लागि काम गरेका सयौं नेताहरुलाई पाखा लगाउँदै नेपालमा क्रिश्चियन धर्मको प्रचार गर्दे आएका एकनाथले बाजी मारेका हुन्।  २०७५ मंसिरमा ढकालको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। केपी ओली प्रधानमन्त्री रहेको समयमा उक्त कार्यक्रमलाई सरकारले सहप्रायोजन गरेको थियो। कुनै एक धर्मको कार्यक्रमलाई धर्न निरपेक्ष मुलुकको सरकारले प्रायोजन गर्न मिल्छ कि मिल्दैन भन्‍ने प्रश्‍नहरु पनि उठेका थिए।

उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले ‘होली वाइन’ पिएको भन्दै आलोचना भएको थियो। अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चको नेपाल प्रमुख हुन् एकनाथ ढकाल।

क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबीसहित मुनले संस्था सुरु गरेका थिए।  युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनले २२ नोभेम्बर २००५ मा यूपीएफको स्थापना गरेका थिए । उनी कम्युनिस्टका कट्टर आलोचक मानिन्थे । सन् २०१२ मा उनको मृत्यु भएपछि पत्नी हक जा ‘म्याडम डाक्टर मुन’ले युनिफिकेसन चर्च र यूपीएफको नेतृत्व गर्दै आएकी छन्।

युनिफिकेसन चर्चकी हक जाले तत्कालीन प्रधानमन्त्री ओलीलाई एक लाख डलरको लिडरसप तथा गुड गर्भनेन्स अवार्ड प्रदान गर्दै।

चर्चसँग आवद्ध विवादास्पद एनजीओले मंसिर २०७५ मा गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओलीलाई मुनपत्‍नी तथा हाल त्यसको ‘दैवी नेता’ मानिने हक जाले आशिर्वादका साथ १ लाख डलर राशिको ‘लिडरसिप एण्ड गुड गभर्नेन्स’ अवार्ड प्रदान गरेकी थिइन्। त्यही एक लाख डलरको ‘ऋण तिर्न’ समानुपातिकमा एकनाथ अटाउनुपर्ने बाध्यमा ओली रहेको भन्दै पार्टीकै नेताहरुले बताउने गरेका छन्।

ओलीले उक्त रकमबाट एक कोष बनाएर खर्च गर्ने बताए पनि हालसम्म त्यस्तो कुनै कोष बनेको पाइएको छैन। त्यसको केही समयपछि वैशाख २०७६ मा तिनै प्रधानमन्त्री ओली ‘युनिफिकेसन चर्च’ का केही कार्यक्रमलगायतमा सहभागी हुन कम्बोडिया गएका थिए।

युनिफिकेसन चर्चले २०७६ मा एमालेका शीर्ष नेता, सांसद् र केही सामाजिक व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो। सम्मान कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमालेतर्फका तत्कालीन प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए। चर्चनिर्देशित गतिविधिमा सक्रिय युनिफिकेसन चर्चका गतिविधिमा विभिन्‍न मुलुकहरुमा प्रतिबन्ध लगाइएको छ।

धर्मनिरपेक्ष मुलुकका प्रधानमन्त्री भएर क्रिश्चियन धर्म प्रचारमा सघाउ पुर्‍याएको भन्दै प्रधानमन्त्री ओलीले चर्को आलोचना खेप्नुपरेको थियो। सरकारकै सहआयोजनामा भएको उक्त कार्यक्रममा होली वाइनको प्रयोग र धर्मान्तरको विषयलाई लिएर दुवै पक्ष आलोचित बनेका थिए।

नेपालको संविधानले व्यक्तिलाई आफूले चाहेको धर्म वरण गर्ने हक प्रदान गरेको भए पनि लोभ, करकाप वा कुनै पनि किसिमबाट धर्म परिवर्तन गर्ने गराउने कामलाई मान्यता दिएको छैन।

राजनीतिमा नैतिकताको खडेरी भएपछि एकनाथलाई सांसद् बनाउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै एमालेका नेता भीम रावलले अध्यक्ष ओलीको आलोचना गरेका हुन्। लाेक कलमबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved