Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गगनलाई प्रधानमन्त्री स्वीकार्छाैँ तर देउवा, प्रचण्ड स्वीकार्य छैन : रबि लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 8, 2022
33 shares

काठमाडौं । मंसिर ४ मा सम्पन्न  निर्वाचनको मतपरिणाम अन्तिमतिर पुग्दै गर्दा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू नयाँ सरकारको कसरतमा जुटेका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुनः पाँचदलीय सत्ता गठबन्धनको अभ्यासमा छन्।

गठबन्धनभित्र प्रधानमन्त्री पदका लागि ‘देउवा–प्रचण्ड’सहित दर्जनौँ शीर्ष नेताहरू मुख्य दाबेदार छन्। पछिल्लो पटक रामचन्द्र पौडेलदेखि गगन थापासम्म प्रधानमन्त्रीकै दौडमा छन्। नयाँ सरकारबारे चासो राख्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटारदेखि खुमलटारसम्म पुगिरहेका छन्। यतिबेला राजनीतिक माहाेल नयाँ सरकार गठनको विषयमा एकाएक तातेको छ। भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने ‘ग्रिन सिग्नल’ दिइसकेको छ।

चितवन–२ बाट निर्वाचित तथा पार्टी सभापति रवि लामिछानेको राजनैतिक चरित्रबारे राजनीतिक वृत्तमा थप चासो व्यक्त गरिएको छ। आम प्रश्न छ– उनी सत्तास्वार्थका लागि नयाँ सरकारको एउटा हिस्सा बन्लान् वा प्रतिपक्षमै बस्लान् ?

सभापति लामिछानेले आफ्नो ‘कोर टिम’ लाई आफू अनुकूलको व्यक्ति प्रधानमन्त्री पदका लागि खडा भए समर्थन गर्न सकिने संकेत गरिसकेका छन्। उनको दलबाट लामिछानेसहित सोबिता गौतम, शिशिर ढकाल, गणेश पराजुली, तोसिमा कार्की, विराजभक्त श्रेष्ठ र हरि ढकाल विजयी भएका छन्।

त्यसो त लामिछाने नेतृत्वको दलले प्रतिनिधिसभामा समानुपातिकसहित २२ जना सांसद कटाउने दाबी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ९ लाख २३ हजार ९६५ समानुपातिक मत ल्याएको छ। नयाँ सरकारमा जाने नजानेबारे पार्टीभित्र दुईधार देखिन थालेको बताइन्छ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी नयाँ सरकारमा जान तयार रहेको बताइसकेका छन्। सभापति लामिछानेले प्रधानमन्त्रीमा कांग्रेसका गगन थापाको चर्चालाई स्वाभाविक रुपमा लिएको आफूनिकट सदस्यसँग चर्चा गर्न थालेकोबारे सोही पार्टीका नेता तथा कार्यकर्ताबीच खासखुस भएको छ।

‘गगन थापालाई प्रधानमन्त्री मान्न तयार छौँ। तर शेरबहादुर देउवा र प्रचण्डलाई मान्दैनौँ,’ ढकालनिकट स्रोतले भन्यो। उनी गगन थापाको सचिवालयसँग आन्तरिक संवादमा जुटेको बताइन्छ। गगन–रविको ‘चुनावी कनेक्सन’ लाई लिएर कांग्रेसभित्रै चर्को आलोचना भइरहेको छ।

महामन्त्री थापाले रवि लामिछानेसँग मिलेर देउवानिकट उम्मेदवारहरुलाई हराउने काममा प्रमुख भूमिका खेलेको गम्भीर आरोप छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्ने पक्का भएपछि गगन र रविबीच टेलिफोन संवाद भएको बताइन्छ। हालसम्म उनीहरूबीच औपचारिक भेटघाट नभएको गगननिकट नेताहरूको भनाइ छ।

‘गगन थापाले आगामी सरकारको नेतृत्व गर्छन् भने रवि दाइ सकारात्मक हुनसक्ने अनेकौँ कारण छन्। गगन थापा जत्तिको युवा नेता प्रधानमन्त्री बन्नु आफैंमा राम्रो सन्देश हो। तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी केन्द्रीय समिति बैठकले यसबारे थप प्रष्ट पार्नेछ,’ प्रवक्ता ढकालले भने।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved