Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ – माधव नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 7, 2021
9 shares

२४ वैशाख, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन पहल अध्यक्ष केपी शर्मा ओलीबाट हुनुपर्ने बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि बिहीबार साँझ शीतल निवास पुगेका नेता नेपालले ओलीकै कारण एमाले यो अवस्थामा आइपुगेको बताएका थिए ।

बिहीबार दिउँसो ओलीसँग भेटवार्ता गरेपछि राष्ट्रपति भण्डारीले नेता नेपाललाई फोन गरेकी थिइन् । अध्यक्ष केपी ओली र माधव नेपाललाई सँगै राखेर डिनरसहित कुराकानी गराउने योजना अनुसार राष्ट्रपति भण्डारीले फोन गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘तर बाहिर भ्रम पार्नेगरी मात्रै सँगै बस्ने कुराको अर्थ नहुने’ नेपालको जवाफ पछि राष्ट्रपति भण्डारीसँग छुट्टै कुराकानी भएको थियो । ‘धेरै लामो कुराकानी भएन । भएकै कुराकानी ठोस थिएन’, नेता नेपाल निकट स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारीले नेता नेपालसँग पार्टी एकता जोगाउन पहल नलिएको गुनासो गरेकी थिइन् । ‘तपाईं सिनियर नेता हुनुहुन्छ । तर पार्टी जोगाउनेगरी पहल लिनु भएन’, राष्ट्रपतिले नेता नेपालसँग पार्टी एकता जोगाउनेगरी पहल लिइदिन पनि आग्रह गरेकी थिइन् ।

स्रोतका अनुसार नेता नेपालले उल्टै ‘केपी ओली एक्लै चल्ने अनि मलाई दोष दिएर हुन्छ ?’ भनी प्रश्न गरेका थिए । ओली पार्टी अध्यक्ष भएकाले एकताको पहल पनि उनले नै गर्नुपर्ने नेता नेपालले बताएका थिए । ‘म पार्टी प्रमुख हुँदा कहिल्यै यस्तो गरेको थिएँ ? मिलाएकै थिएँ’, नेता नेपालले राष्ट्रपतिसँग गरेको कुराकानीबारे स्रोतले भन्यो ।

नेता नेपालले २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्किनुपर्ने आफ्नो बटमलाइन भएको बताए ।राष्ट्रपति भण्डारीले भने मिलेर जाने वातावरण बनाउन आग्रह गरिन् । गएको २८ फागुनमा अध्यक्ष ओलीले आफूनिकट नेताहरुको बैठकले पार्टी विधान संशोधन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल समूहले पनि समानान्तर गतिविधि गर्दै आएका हुन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

श्रीमानकाे काजक्रिया गरेको ३९ दिनपछि फर्किए वीरबहादुर, अनि आफ्...

  • September 25, 2026

खरिदारदेखि रुकुम पूर्वको सीडीओसम्म : कोपिला राईको प्रशासनिक या...

  • September 25, 2026

काठमाडौंकाे प्रशासनिक नेतृत्व समालिरहेका पाैडेलकाे २२ बर्षे प्...

  • September 25, 2026

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved