Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हँसियाहथौडा छाेडेर सूर्यबाट चुनावलड्न डराए बादल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2021
6 shares

काठमाडौं बैशाख २३ । गृहमन्त्री रामबहादुर थापा बादललाई दुई साताअघि एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएको भोलिपल्टै बादल चुनाव लड्न हच्किएका छन् । एमालेले स्थितिको विश्लेषण गरेर मात्रै उम्मेदवार तय गर्ने बताएको छ।

बादललाई उम्मेदवार बनाउँदै गर्दा वागमती प्रदेशमा एमालेलाई चुनौती दिने भोट विपक्षी गठबन्धनसँग थिएन । यही कारणले बादल चुनाव जितिनेमा ढुक्क थिए । किनभने, राष्ट्रियसभाको चुनावमा मतदान गर्ने वागमतीका ११० प्रदेश सांसदमध्ये एमालेसँग एक्लै ५७ जना थिए । ४८ मतभार भएका ५७ प्रदेश सांसदको यो उपस्थितिले एमालेको जित सुनिश्चित थियो ।

त्यसैगरी, स्थानीय तहका मतदाताहरू (प्रमुख र उपप्रमुख) २३८ जनामध्ये एमालेसँग १३३ जना थिए । यो अवस्थामा काँग्रेस, माओवादी, जसपा, साझा, राप्रपा, नेमकिपा सबै मिल्दा पनि एमालेको एकल बहुमत पुग्ने स्पष्ट थियो । यही गणितलाई हेरेर प्रधानमन्त्री केपी ओलीले बादललाई उम्मेदवार बनाएर राष्ट्रियसभामा ल्याउने सोचेका थिए ।

तर, आइतबार काँग्रेस–माओवादीले यस्तो पात्रलाई बादलको प्रतिद्वन्द्वी रुपमा अगाडि सारिदिए, जसले गर्दा मतदाताको गणित एकाएक उल्टिने देखियो र रामबहादुर थापा बादल अल्पमतमा पर्ने स्थिति बन्यो । यही कारणले गर्दा सोमबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले एक कदमपछि सर्दै बादलको उम्मेदवारीबारे पुनर्विचार गर्ने निर्णय लियो । बादल आफैं चुनाव नलड्ने भन्दै हच्किएको स्रोत बताउँछ ।

काँग्रेस र माओवादीको बीचमा मात्रै गठबन्धन बनेको भए बागमतीबाट बादललाई चुनाव जित्न कठिन थिएन । तर, डा. खिमलाल देवकोटाको उम्मेदवारीमा काँग्रेस र माओवादीका साथै एमालेको माधव नेपाल पक्षसमेत सहभागी बन्यो । स्वयं उम्मेदवार नै माधव नेपाल पक्षले पायो ।

बादलको प्रतिद्वन्द्वी रुपमा खडा भएका डा. देवकोटा एमाले समर्थित वाम बुद्धिजीवी हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेका बेला तुइन विस्थापनको आइडिया दिने विज्ञका रुपमा रहेका देवकोटा यसअघि वागमती प्रदेशको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहिसकेका व्यक्ति हुन् ।

देवकोटाको उम्मेदवारी परेपछि एमालेका ५७ प्रदेशसभा सदस्यमध्ये ओलीको पक्षमा ३४ जना र नेपालको पक्षमा २२ जना बाँडिने देखिएको छ । नेपाल समूहमा माओवादीका २३, काँग्रेसका २२ सांसद जोड्दा ६७ हुन जान्छ, जुन ११० सांसदको बहुमत हो । यसमा ८ सिट रहेका साना दलमध्येबाट पनि धेरैले विपक्षी गठबन्धनलाई नै सघाउने देखिन्छ ।

त्यस्तै, मतभार १८ रहने स्थानीय तहका कुल २३८ मतदातामध्ये एमालेसँग एक्लै १३३ जना थिए । तर, डा. देवकोटाको उम्मेदवारीपछि माधव पक्षका करिब ४५ जना देवकोटाको पक्षमा उभिने देखिन्छ । यसो गर्दा बादलको पक्षमा ८८ जना मात्रै रहन्छन् ।

स्थानीय तहका मतदातामध्ये काँग्रेसका ६८, माओवादीका ३३ र माधव पक्षका २४ जना जोड्दा १२५ पुग्छ । यो संख्या भनेको प्रदेशमा जस्तै स्थानीय तहका मतदाता (२३८) को पनि बहुमत नै हो । यसमा साना दलका ३ जना स्थानीय जनप्रतिनिधिलाई जोडिएको छैन, जसले विपक्षीलाई नै सघाउने सम्भावना छ ।

यसरी माधव नेपाल समूहले बादलको विकल्पमा उम्मेदवार खडा गरेपछि आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा नेकपा एमालेको ओली पक्षले पराजय व्यहोर्ने निश्चित भएको हो । अब उसले बादलको ठाउँमा कसलाई खडा गर्छ, त्यो मंगलबार टुंगो लाग्ने छ । किनकि, मंगलबार उम्मेदवारी दर्ताको दिन हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्त...

  • August 10, 2026

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved