Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, २५ वर्षसम्मको सुविधा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 28, 2026
461Shares

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसर पारेर सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले घर निर्माण, घर खरिद तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त योजना ल्याएको हो।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्। कर्जाको ब्याजदर आधार दरमा शून्य दशमलव २५ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिने बैंकले जनाएको छ। उक्त कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।

योजनाअन्तर्गत कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकका अनुसार यो आवास कर्जा योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म लागू हुनेछ। योजनाअन्तर्गत ग्राहकले तोकिएका सर्त तथा मापदण्ड पूरा गरी आवास कर्जा सुविधा लिन सक्नेछन्।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, सेवा विस्तार तथा ग्राहक सेवामा सुधार गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

बैंकले दक्ष जनशक्ति, आधुनिक प्रविधि र दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै गुणस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ। वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको यो योजनाले घर निर्माण तथा खरिद गर्न चाहने सर्वसाधारणलाई सहुलियतपूर्ण आवास वित्तीय सेवामा पहुँच बढाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ग्लोबल पर्वत समाजको आयोजनामा पातिचौरमा बृहत् स्वास्थ्य शिविर ह...

  • October 28, 2026

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट ...

  • October 28, 2026

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved