Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 28, 2026
841Shares

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिने ‘बेस्ट बैंक नेपाल अवार्ड २०२६’ प्राप्त गरेको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष उक्त अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको हो। बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो। थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन र आधुनिक प्रविधिको प्रयोगलाई मूल्यांकनको आधार बनाएको जनाएको छ। साथै, कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी उपयोग, दिगो कर्जा प्रवाह तथा सबल जोखिम व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिलाई समेत अवार्ड प्रदान गर्नुको प्रमुख आधार मानिएको छ। समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रतिष्ठित बैंक तथा वित्तीय संस्थालाई विभिन्न विधामा सम्मानित गरिएको थियो।

ग्लोबल आईएमई बैंक यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सलेन्स तथा सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ लगायतका सम्मान प्राप्त गरिसकेको छ। बैंकले प्रविधिमैत्री बैंकिङ सेवा, वित्तीय पहुँच विस्तार र ग्राहक सेवाको गुणस्तर सुधारमा गरेको प्रयासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्दै आएको छ।

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आईएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यसका अतिरिक्त, संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

लगातार तेस्रो वर्ष प्राप्त अन्तर्राष्ट्रिय अवार्डले बैंकको प्रतिष्ठा थप उचाइमा पुर्‍याउनुका साथै नेपाली बैंकिङ क्षेत्रको पहिचानलाई समेत अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ। बैंकका अनुसार यस सम्मानले आगामी दिनमा डिजिटल बैंकिङ, नवीन प्रविधि, वित्तीय पहुँच तथा गुणस्तरीय ग्राहक सेवाको विस्तारमा थप प्रोत्साहन मिलेको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर

  • October 28, 2026

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको घट्यो

  • October 28, 2026

छठपछि सरकारविरुद्ध आन्दोलन चर्काउने विपक्षीको तयारी, वामपन्थी ...

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved