Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जुनसुकै जिल्लाबाट लिएकाे नागरिकताकाे प्रतिलिपि अन्य जिल्लाबाट लिन सकिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 28, 2026
841Shares

काठमाडौं। अब नागरिकताको प्रमाणपत्र हराएका, नष्ट भएका वा विभिन्न कारणले प्रतिलिपि लिनुपर्ने नागरिकले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम सरकारले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

नागरिकताको प्रमाणपत्र आगोले जलेर, पानीले भिजेर, च्यातिएर नष्ट भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थाका नागरिकले यस सुविधाबाट लाभ लिन सक्नेछन्।

गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको परिपत्र अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ।

जस अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्। त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।

सम्बन्धित आवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिलेमा नागरिकताको प्रतिलिपि सहज रूपमा जारी गरिनेछ।

तर, अभिलेखमा विवरण नमिलेको, साविकको नागरिकतामा उल्लेख भएको नाम, थर, जन्ममिति वा अन्य विवरण भन्दा फरक विवरण राखेर प्रतिलिपि लिन खोजिएको वा आवेदन शंकास्पद देखिएको अवस्थामा भने नागरिकता जारी भएको साविककै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ग्लोबल आईएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्ड

  • October 28, 2026

हर्क साम्पाङको प्रतिबद्धता : हुम्लामा तुइन विस्थापन गरी झोलुङ्...

  • October 28, 2026

मलेसियाले FWCMS भर्ती प्रणाली नफेर्ने, नेपालका १,११४ म्यानपावर...

  • October 28, 2026

बुद्ध प्रतिमाको शिलालेख सच्याएर पुनः स्थापना गरिने

  • October 28, 2026

गुराँस लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत ...

  • October 28, 2026

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर

  • October 28, 2026

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको घट्यो

  • October 28, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved