Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सागर लामिछानेको विजयसँगै हेटौंडाको राजनीतिमा नयाँ तरंग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
6 shares

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा उपमहानगरपालिकाको नगर उपसभापतिमा झण्डै दुईतिहाइ मतसहित विजयी भएका युवा (जेन–जी) नेताका रूपमा परिचित सागर लामिछानेको विजयसँगै नगरको राजनीतिक माहोलमा नयाँ तरंग देखिएको छ।

लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका लामिछानेको विजयलाई युवा नेतृत्वप्रतिको विश्वास र समर्थनका रूपमा हेरिएको छ। उनको नेतृत्वमा नगरस्तरमा पार्टी संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ। विजयपछि रास्वपाप्रति युवाहरूको आकर्षण बढ्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। विभिन्न क्षेत्रका नागरिक तथा युवाहरू पार्टीमा आबद्ध हुन इच्छुक देखिएका छन् भने नयाँ सदस्यता र संगठन विस्तारका गतिविधिमा समेत उत्साह थपिएको बताइएको छ।

यसैबीच, लामिछानेको विजयको प्रभाव आगामी जिल्ला अधिवेशनसम्म देखिन थालेको स्रोतहरूले बताएका छन्। जिल्ला अधिवेशनलाई लक्षित गर्दै विभिन्न आकांक्षीहरू लामिछानेको समर्थन प्राप्त गर्न अनौपचारिक रूपमा लबिङमा जुटिसकेको एक व्यक्तिले जानकारी दिएका छन्।

रास्वपाका एक कार्यकर्ताका अनुसार, “हेटौंडा नगर अधिवेशनको परिणामपछि सागर लामिछानेको राजनीतिक प्रभाव उल्लेखनीय रूपमा बढेको छ। अब जिल्ला अधिवेशनमा उनको समर्थन वा असमर्थनले उम्मेदवारहरूको सम्भावना र परिणाममा समेत प्रभाव पार्न सक्ने अवस्था देखिएको छ।”

स्थानीय राजनीतिमा नयाँ पुस्ताको प्रभावशाली उपस्थितिको संकेतका रूपमा हेरिएको यो परिणामले आगामी दिनमा हेटौंडाको राजनीतिक दिशा, संगठनात्मक समीकरण तथा नेतृत्व चयन प्रक्रियामा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्लेषण हुन थालेको छ। युवा नेतृत्वको उदयसँगै रास्वपाभित्र नयाँ राजनीतिक ध्रुवीकरण र समीकरण बन्न सक्ने आकलन पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved