Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्व गृहमन्त्रीले नै मानेनन् केन्द्रीय सुरक्षा समितिको निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 26, 2026

काठमाडाैं । सुरक्षाको दृष्टिले ‘रुफटप भेहिकल’ जोखिमपूर्ण देखिएको भन्दै फागुन ७ गते गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन अवधिभर उम्मेदवारले यस्ता सवारीसाधन प्रयोग गर्न नपाउने निर्णय गर्यो।

तर पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशकाे विभिन्न ठाउँमा  आयोजित कार्यक्रमहरूमा गाडीको रुफटफबाटै लामै भाषण गरेका छन्।

मंगलबार बिहान बिर्तामोडमा आयोजित रास्वपाको चुनावी कार्यक्रममा लामिछानेले सरकारकाे निर्देशन विपरीत रुफटफ गाडीबाट मतदातालाई सम्बाेधन मात्र गरेनन्, उनी रुफटपबाट निस्किएर गाडीको छतमै पुगे।

यसमा झापाका विभिन्न क्षेत्रका रास्वपाका उम्मेदवारहरूले पनि गृहको निर्देशन अवज्ञा गर्न पार्टी सभापति लामिछानेलाई साथ दिए। त्यसमा पूर्व उपसभामुख इन्दिरा राना समेत थिइन्।

इटहरीमा आयोजित पार्टीको कार्यक्रम अगाडि झापाका सबै क्षेत्रका उम्मेदवारको माहोल बनाउन रवि सहभागी भएका थिए। उनी जहाँ जहाँ सहभागी भए सबै ठाउँमा रुफटप गाडीको प्रयोग गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेलाई जनताको आवाज उठाउँदा माइक काट्ने व्यक्तिले अहिले कुन मुख लिएर भोट माग्दै हिँडेको भन्दै प्रश्न  उठाएका थिए।

सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रतिवादी रहेका व्यक्ति यदि कुनै सार्वजनिक पदमा रहे स्वत: निलम्बन हुने कानुन अनुसार सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भए लगत्तै रविको सांसद पद निलम्बित भएको थियो।

कानुन अनुसार भएको निर्णयलाई पनि उनले राजनीतिक रंग दिँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद नियमावली विपरीत दुई घण्टामा सूचना टाँसेर आफूलाई गलहत्याएर संसदबाट निकालेको दाबी गरे।

रास्वपाले चुनाव प्रचारमा नेपाली कांग्रेस, एमाले लगायतका दलका नेताहरूमाथि कानुन उलंघन गरेको आरोप लगाउँदै आएको छ। तर दुई पटक गरेर करिब ६ महिना गृहमन्त्री भएका उनै रविले केन्द्रीय सुरक्षा समितिको निर्णयको संवेदनशीलता र गम्भीरताको उलंघन गरे।

उनले खुलमखुला सुरक्षाका कारण देखाउँदै राष्ट्रिय सुरक्षा समितिबाट आएको निर्देशनको अवज्ञा गरे। गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय सुरक्षा समितीमा नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको प्रमुख सदस्य हुन्छन्।

फागुन २१ को निर्वाचनका लागि सुरक्षाको संवेदनशीलताका आधारमा समितिको बैठक बसेर निर्णय हुने गरेको छ। गृहमन्त्रीपछिको उच्चतहमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् हुन्छ। निर्वाचन सुरक्षाको सवालमा परिषद्को बैठक भने बसेको छैन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved