Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाढीपीडितको समस्या संसदमा उठाउने प्रतिबद्धतासहित हुमागाईको घरदैलो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2026
3 shares

काभ्रेपलान्चोक । काभ्रे क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईले बेथानचौक गाउँपालिकाबाट घरदैलो तथा भेटघाट अभियान सुरु गर्नुभएको छ।

आइतबार निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बेथानचौक गाउँपालिकाको वडा नं. १ च्याम्राङवेशीका मतदाताको घरदैलोमा पुगेर उहाँले आफ्ना धारणा राख्दै मत दिन आग्रह गर्नुभएको हो।

बेथानचौक पुगेको घरदैलो अभियान टोलीले सर्वप्रथम वडा नं. ४ मा पार्टीको वडा कार्यालय उद्घाटन गरी अभियानको सुरुआत गरेको थियो। त्यसपछि पार्थलीमा भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो भने ढुंखर्कमा वडा नं. २ को पार्टी कार्यालय उद्घाटन गरिएको थियो। साथै, वडा नं. १ मा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरिएको थियो।

सो क्रममा हुमागाई नेतृत्वको टोलीले झिंगे, फुर्केथलीलगायत वडा नं. १ का सबै गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ। च्याम्राङवेशी पुगेको टोलीलाई त्यहाँका स्थानीय नागरिकले यसपटक तारा चिन्हमा मतदान गर्ने निर्णय गरेको र सोहीअनुसार मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए। भेटघाटका क्रममा मतदाताले आफ्ना गाउँ–टोलका विभिन्न समस्याबारे जानकारी गराउँदै समाधानका लागि आग्रहसमेत गरेका थिए।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुधबार सम्पन्न निर्वाचन परिचालन कमिटीको भेला तथा बैठकले पार्टी केन्द्रीय सदस्य टोकबहादुर वाइवाको संयोजकत्वमा निर्वाचन परिचालन मूल कमिटी गठन गरी औपचारिक रूपमा निर्वाचन अभियान थालनी गर्ने निर्णय गरेको छ।

अभियानका क्रममा हुमागाईले गत असोज ११ र १२ गते आएको बाढीका कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएको उल्लेख गर्नुभयो। आफू निर्वाचित भएमा ती समस्यालाई संघीय संसदमा उठाई समाधानका लागि प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
साथै, सो क्षेत्रमा अधुरा रहेका विकास–निर्माणका योजनाहरूलाई प्राथमिकतामा राखी समयमै सम्पन्न गरिने हुमागाईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved