Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन (प्रवक्ता : डा. हरि कार्की)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 8, 2026
6 shares

काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै GenZ 2.0 सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ। लामो समयदेखि उठ्दै आएको “लौरो कता हरायो?” भन्ने प्रश्नको जवाफ आज बुढानगरमा सम्पन्न देशव्यापी भेलाले स्पष्ट रूपमा दिएको छ — लौरो हराएको होइन, स्वतन्त्र चेतनालाई एक ठाउँमा ल्याउने प्रक्रियामा थियो।

आज सम्पन्न भेलामा ८३ जना स्वतन्त्र तथा लौरो उम्मेदवार र ११४ जना विभिन्न स्वतन्त्र अभियानका प्रमुख अभियन्ताहरू सहित करिब दुई सयको हाराहारीमा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। भेलामा सहभागीहरूले लौरो अभियान र स्वतन्त्र राजनीतिक धारलाई एउटै साझा प्लेटफर्ममा अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

भेलाले नयाँ शक्तिहरू आ–आफ्नै दिशामा छुट्टिएर हिँड्दा कहीँ पनि नपुगिने निष्कर्ष निकाल्दै अब एकता अपरिहार्य भएको स्पष्ट सन्देश दिएको छ। नयाँ शक्ति बन्ने धरोहर, जरा र इतिहास नबुझी अघि बढ्दा आन्दोलनहरू कमजोर हुने र दिशाहीन हुने चेतावनी पनि भेलाबाट दिइयो। लौरो अभियानका केन्द्रीय प्रवक्ता डा. हरि कार्कीका अनुसार आजको भेला केवल छलफल नभई राजनीतिक स्पष्टताको मोड हो।

“२०७९ यता एउटै आन्दोलन विभिन्न नाममा निरन्तर संघर्षरत रह्यो। आज लौरो र स्वतन्त्र एकै ठाउँमा उभिएका छन्। टुक्रिएर होइन, एकजुट भएर मात्रै वैकल्पिक राजनीति सम्भव हुन्छ,” उहाँले बताउनुभयो।

राजनीतिक विश्लेषकहरूका अनुसार यस भेलाले काठमाडौं महानगर प्रमुख बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीसहित समग्र नयाँ राजनीतिक धारलाई गम्भीर सन्देश दिएको छ। स्वतन्त्र राजनीति अब भावनामा होइन, संगठन, संख्या र साझा रणनीतिमा अघि बढ्ने संकेत आजको भेलाले दिएको उनीहरूको बुझाइ छ।

भेलाबाट लौरो अभियानको भावी दिशा, स्वतन्त्र राजनीतिक शक्तिहरूबीचको समन्वय, साझा संरचना र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved