Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजनीति पेशा होइन, राष्ट्रको जिम्मेवारी हो : धिरज उपरकाेटि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 29, 2025
9 shares

हाम्रो देश नेपालमा आजभोलि एकदमै गलत र खतरनाक भाष्य जबरजस्त निर्माण हुँदैछ। कुनै व्यक्ति आफ्नो पेशा, व्यवसाय वा सीपमा अब्बल भयो भने, उसैलाई “देश बनाउने मान्छे” घोषित गरिन्छ। सामाजिक सञ्जालमा हल्ला चलाइन्छ—
यसलाई जिताउनुपर्छ, प्रधानमन्त्री बनाउनुपर्छ, मन्त्री बनाउनु पर्छ!
राम्रोसँग पढाउने शिक्षक भयो भने भनिन्छ— अब यही मान्छेले देश बनाउँछ।

रोगीलाई ज्यान जोगाउने डाक्टर भयो भने— अब देश यसैले बनाउँछ। साहसी पत्रकारले प्रश्न गर्‍यो भने— अब यही नेता हो।
हास्यकलाकार, गायक, अभिनेता लोकप्रिय भयो भने— अब उसैलाई राजनीति! यति सम्म कि, आज नेपालमा आफ्नो क्षेत्रको राम्रो काम गर्न पनि गाह्रो भएको छ।

आफ्नो पेशामा इमान्दार भएर सफल भयो कि,
“अब त चुनाव लड्नुपर्छ, राजनीति गर्नुपर्छ”
भनेर जबर्जस्ती उचालिन्छ, आशा देखाइन्छ, अनि अन्ततः असफल बनाएर पतन गराइन्छ।
तर सत्य कडुवा छ—
देश चलाउनु भनेको
डाक्टरले उपचार गरेजस्तो होइन,
शिक्षकले पढाएजस्तो होइन,
पत्रकारले प्रश्न गरेजस्तो होइन,
हास्यकलाकारले हसाएजस्तो होइन।
राजनीति गम्भीर साधना हो।
देश चलाउन केवल लोकप्रियता होइन—
राजनीतिक विचार चाहिन्छ,
सिद्धान्त चाहिन्छ,
त्याग र तपस्या चाहिन्छ,
वर्षौंको संघर्ष र अनुभव चाहिन्छ,
कूटनीति बुझ्ने क्षमता चाहिन्छ,
भू–राजनीति पढ्न सक्ने दृष्टि चाहिन्छ।

राजनीति स्टेज होइन,
राजनीति प्रयोगशाला होइन,
राजनीति मनोरञ्जन पनि होइन।
राजनीति भनेको राष्ट्रको भविष्यको जिम्मा लिने नेतृत्व हो।
र त्यो नेतृत्व लोकप्रियताबाट होइन,
विचार, निष्ठा र इतिहासबाट जन्मिन्छ।

आज नेपालमा बनाइँदै गएको यो गलत भाष्य—
“जो जहाँ राम्रो छ, उसैले देश चलाउँछ”—
भोलि देशकै लागि महँगो पर्न सक्छ।
आफ्नो क्षेत्रमा राम्रो मान्छे त्यही क्षेत्रमा राष्ट्रको सम्पत्ति हो।
सबैलाई जबर्जस्ती राजनीतिमा धकेल्नु
राष्ट्रलाई प्रयोगशाला बनाउनु सरह हो।
अब जनता सचेत हुनैपर्छ।

लोकप्रियता र नेतृत्वबीचको भिन्नता बुझ्नैपर्छ।
नत्र, भोलि फेरि पछुतो बाहेक केही बाँकी रहने छैन।
देश भावना होइन, विवेकले चलाउनुपर्छ।
राजनीति तालीले होइन, सिद्धान्तले अघि बढ्नुपर्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved