Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं : Gen-Z 2.0

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 20, 2025
0 shares

काठमाडौँ । Gen Z 2.0 को आयोजनामा पौष ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित सचेत कर्तव्यबोध र जिम्मेवार पहल विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मूल सन्देश “हामी हाम्रो देश आफैँ बनाउँछौं, हामी आफ्नै क्षमतामा रोजगारी सिर्जना गर्छौं” भन्ने रहेको थियो।

कार्यक्रममा बोल्दै Gen Z 2.0 का प्रवक्ता अबिन लिम्बूले युवाहरू निराशामा होइन, उत्पादन र समाधान बोकेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले देशभित्रै सम्भावना खोजेर उद्यम, उत्पादन र नवप्रवर्तनमार्फत रोजगारी सिर्जना गर्न सकिने स्पष्ट पारे। “माग होइन, समाधान लिएर अघि बढ्ने सोच आजको आवश्यकता हो,” उनले भने।

बित्तिय समस्या तथा समाधान बिभाग प्रमुख हरिकिशोर महतोले उद्योग र निजी क्षेत्रलाई युवामैत्री बनाउन राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले साना तथा मझौला उद्योग प्रवर्द्धन बिना रोजगारी समस्या समाधान हुन नसक्ने धारणा राखे।

कार्यक्रममा नेपाल प्याबसनको पुर्व केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाहीले शिक्षा प्रणालीलाई उत्पादन, सीप र उद्यमसँग जोड्न नसक्दा युवा विदेशिन बाध्य भएको बताइन्। उनले व्यवहारिक शिक्षा र उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी किर्तिपुर उद्योग बाणिज्य संघको अध्यक्ष राज्य लक्ष्मी शाक्यले राज्यको नीतिगत स्पष्टता, इमानदार कार्यान्वयन र युवाको सक्रिय सहभागिता बिना आर्थिक आत्मनिर्भरता सम्भव नहुने बताए। उनले युवाहरूले अवसर कुर्नु भन्दा अवसर सिर्जना गर्ने सोच विकास गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा Gen Z 2.0 का केन्द्रीय सचिव कुन्दन कुसुवाहाले संगठनको उद्देश्य र आगामी कार्यदिशाबारे धारणा राख्दै युवालाई उद्योग, उत्पादन र स्वदेशमै रोजगारी सिर्जनामा सक्रिय रूपमा जोड्ने अभियानलाई अझ व्यापक बनाइने बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले Gen Z 2.0 को अभियानले निराश युवा पुस्तालाई उत्पादनमुखी सोचतर्फ उन्मुख गराउँदै देशभित्रै सम्भावना खोज्न प्रेरित गरिरहेको भन्दै प्रशंसा गरे। आयोजकका अनुसार आगामी दिनमा पनि उद्योग, वाणिज्य र रोजगारीसँग सम्बन्धित यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर गरिनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved