Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जेन्जी युनाइटेड र जेन्जी २.० बिच एकता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 2, 2025
0 shares

काठमाडौं, मंसिर १६ — जेनजी २.० र जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तनले संयुक्त रूपमा एकता घोषणा गरेका छन्। काठमाडौंमा गरिएको हस्ताक्षर समारोहमार्फत दुबै समूहले जेनजी पुस्ताको आन्दोलनलाई एक ढिक्का बनाएर अघि बढाउने निर्णय सार्वजनिक गरेका हुन्।

एकता दस्तावेजमा जेनजी आन्दोलनले उठाएका मुद्दालाई दीर्घकालीन संस्थागत स्वरूप दिँदै अभियानलाई पारदर्शी, उत्तरदायी र जनमूलक बनाउने लक्ष्य राखिएको छ। दुबै पक्षले विगतमा छुट्टाछुट्टै रूपमा चल्दै आएको संरचनालाई एउटै प्लेटफर्ममा ल्याउन सहमत भएका छन्।

जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले अभियानमा संलग्न सबैलाई नफाइदा लिनेकालागि होइन, पुस्ताले खोजिरहेको परिवर्तनका लागि जोडिएको भन्दै, “हामी कसैले पनि व्यक्तिगत लाभ वा पदका लागि लागेको होइनौं। यो पुस्ताको साझा सपना हो। सबै जेनजीलाइ खुला रूपमा स्वागत गर्न चाहन्छौं,” भने। उनले अभियानमा संलग्नता नीतिगत, पारदर्शी र निःस्वार्थ सेवा भावनामा आधारित रहने स्पष्ट गरे।

जेनजी २.० का सदस्य–सचिव कुन्दन कुसुवाका अनुसार, एकतासँगै आन्दोलनले लिएको दिशा अझै संगठित र प्रभावकारी बन्नेछ।

युनाइटेड मुभमेन्ट फर परिवर्तनका बरुण यादव र सदिच्छा राईले पनि सहमतिपत्रमा हस्ताक्षर गर्दै जेनजी पुस्ताको आवाजलाई एकीकृत रूपमा अघि बढाउनु वर्तमान आवश्यकता भएको बताए। उनीहरूले पूर्वाधार, शिक्षा, रोजगार र अवसरको सवालमा युवापुस्ताको आवाजलाई राज्यसम्म पु¥याउने मुख्य लक्ष्य साझा रहेको उल्लेख गरे।

एकता प्रक्रियामा सक्रिय समन्वयकर्ता गौरव देवकोटाले दुबै समूहलाई एउटै उद्देश्यले जोडिएको बताउँदै, “जेनजी आन्दोलन कसैको निजी स्वार्थ होइन, पुस्ताको भविष्यको प्रश्न हो। अब सबैकुरा एउटै मोडेलमा बसेर अघि बढ्छ,” भने।

दुबै समूहले अबदेखि संयुक्त रूपमा “जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तन (2.0)” नाम प्रयोग गर्ने निर्णय गरेका छन्। नेतृत्व संरचना, आन्तरिक संयोजन र अभियानको कार्ययोजना चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

एकता घोषणा कार्यक्रममा उपस्थित नेतृत्व र सदस्यहरूले सबै जेनजी युवालाई यस साझा अभियानमा जोडिन आह्वान गर्दै, परिवर्तनको यात्रालाई अझ सशक्त बनाउने प्रतिज्ञा गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved