Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आम नागरिकले एकपल्ट माफी माग्नुपर्छ — प्रहरीको मनोबल फिर्ता गरौं

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2025
6 shares

धिरज उपरकाेटी,काठमाडौं । हालै २३–२४ गते राजधानी सहित देश भरि भएका घटनाले प्रहरी संगठनमा गहिरो मनोवैज्ञानिक र भौतिक असर पारेको छ। भीडद्वारा प्रभाग तथा चौकीमा आगजनी गरिँदा प्रहरीको कार्यालय भवन, पोसाक र उपकरणहरू जलेर नष्ट भएका छन्। झडपका क्रममा सयौं प्रहरी घाइते भए भने केहीले ज्यानसम्म गुमाउनुपर्‍यो।

“प्रहरीलाई शहिदको मान्यता दिनुपर्छ,” वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले भने, “उनीहरूले जनताको सुरक्षाका लागि प्राणसम्म आहुति दिएका छन्।”

उपरकोटीका अनुसार प्रहरीहरूलाई हिँसात्मक आक्रमण गर्ने, सार्वजनिक रूपमा अपमानित गर्ने र जीवनमाथि खतरा पुर्‍याउने जस्ता घटनाले संगठनको मनोबल गम्भीर रूपमा घटाएको छ। तर पनि, पीडादायी परिस्थितिमा रहेका प्रहरीहरूले आफ्नो व्यक्तिगत पीडा बिर्सेर निरन्तर ड्युटीमा खटिन जारी राखेका छन्।

दशैंअघि सुरक्षा सुनिश्चित गर्न आग्रह देशको प्रमुख चाड दशैं नजिकिँदै गर्दा प्रहरीले गस्ती, प्राथमिक चेतावनी प्रणाली र सुरक्षा सतर्कता बढाउनुपर्ने अवस्था छ। तर प्रहरीमाथि डर र उदासी छायो भने, सर्वसाधारणको सुरक्षा नै प्रभावित हुने चिन्ता गरिएको छ।
यसकारण, आम नागरिकलाई प्रहरीसमक्ष एकपल्ट साँचो मनले माफी माग्नुपर्ने उपरकोटीको आग्रह छ। “माफी केवल शब्द होइन; यो सम्मान, पुनर्निर्माण र भविष्यमा सहकार्य गर्ने प्रतिज्ञा हो,” उनले भने।

व्यवहारिक पहलका सुझावहरू :
• सार्वजनिक माफी-अभियान: स्थानीय टोल/वार्ड स्तरमा छोटो कार्यक्रम गरी प्रतिनिधि नागरिकले प्रहरीसमक्ष माफी र समर्थन व्यक्त गर्ने।
• सामग्री सहयोग: पोसाक, तौलिया, ओछ्यानका सामग्री संकलन गरी प्रभावित चौकीहरूमा पुर्‍याउने।
• मानसिक स्वास्थ्य सहायता: प्रहरीका लागि मनोवैज्ञानिक परामर्श र समर्थन समूहको व्यवस्था गर्ने।
• सार्वजनिक शिक्षा: ट्राफिक र प्रहरीप्रति सम्मानजनक सन्देशसहित सामाजिक सञ्जाल/रेडियोमार्फत अभियान चलाउने।
• समन्वय समिति: प्रहरी र स्थानीय टोलबीच तुरुन्त समस्या समाधान गर्ने मञ्च गठन गर्ने।

“नेपाल प्रहरी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन्। यदि भोली ८० हजार प्रहरी परिवारका दुई लाख सदस्य सडकमा उत्रिए भने हाम्रो सुरक्षाको हालत के हुन्छ भनेर सोच्नैपर्छ,” उपरकोटीले चेतावनी दिए।

उनका अनुसार, अब अपमान र हिँसाले होइन, सम्मान, सहयोग र सहकार्यले मात्रै प्रहरीको मनोबल फर्कन सक्छ र त्यही बाटोले मात्रै समाजमा शान्ति र सुरक्षा कायम हुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved