Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महोत्तरी जलेश्वरमा संघीय गणतान्त्रिक गठबन्धनको भव्य जनजागरण र्यालि अन्तरक्रिया सभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 25, 2025
0 shares

महोत्तरी, जलेश्वर । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः जिल्ला विकासको हलमा पुगेर अन्तरक्रिया र सभा सम्पन्न गर्यो।

रैलीमा गठबन्धनका शीर्षस्थ नेताहरू, पार्टी अध्यक्ष, केन्द्रीय पदाधिकारी, नेता तथा हजारौं कार्यकर्ताको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई जीवन्त बनाएको थियो। सहभागी जनताले “एक मधेश, एक प्रदेश,” “मधेसी तथा उत्पीडित जनताको अधिकार सुनिश्चित गर,” “मदरसा विधेयक पारित गर,” “ओबिसी आयोग तथा निषाद आयोग गठन गर,” “पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर,” “उर्दु विश्वविद्यालय स्थापना गर,” “भ्रष्टाचारीहरूलाई कारबाही गर” जस्ता नाराहरू लगाउँदै आफ्नो माग र सङ्घर्ष प्रकट गरे।

रैलीको समापनपछि आयोजित अन्तरक्रिया सभा नेपाल संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष मोहम्मद सैदर ज्यूको अध्यक्षतामा सम्पन्न भयो। उद्घोषणा बहुजन एकता पार्टीका नेता प्रकाश महराजीले गर्नुभयो।

सभामा प्रमुख अतिथिका रूपमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री, गठबन्धनका संयोजक रिजवान अन्सारी ज्यू उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा पार्टीका केन्द्रीय अध्यक्ष, बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवान, नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषाद, र मधेस प्रदेशका पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री, प्रदेश सभा सदस्य बिमला अन्सारी पनि उपस्थित थिए।

कार्यक्रममा संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी ज्यूले भने:  “उत्पीडित जनताको मुक्ति, समानता र सामाजिक न्यायको आन्दोलन, पहिचानको आन्दोलन, अधिकार सम्पन्न प्रदेशहरूको आन्दोलन र भ्रष्टाचारको अन्त्यका लागि हाम्रो आन्दोलन अझ सशक्त हुन आवश्यक छ। राज्यको एकल जातीय चिन्तन, साम्प्रदायिक मानसिकता र निरंकुश शैली, साथै वर्तमान राजनीतिक नेतृत्वको अकर्मता र सत्ता लिप्सा उत्पीडित जनता र मधेसी जनताको मुक्ति आन्दोलनमा बाधक बनेका छन्। अब यो आन्दोलनलाई इमान्दार राजनीतिक शक्तिहरूले पुनर्गठित गरी तेस्रो जनआन्दोलनको रूपमा अघि बढाउनु अनिवार्य छ।”

अन्सारी ज्यूले राष्ट्रिय संवेदनशील विषयहरूमा पनि बोल्दै भने: “प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, लिपुलेक–कालापानी जस्ता राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा देशको पक्ष कडाइका साथ राख्नुपर्छ।”

२०७३ साल चैत ७ गते रौतहटको गौरमा घटित राजनीतिक विवाद र भिडन्तको छानबिन सम्बन्धमा सर्वोच्च अदालतले २ भाद्र २ गते प्रमादेश जारी गरेको छ। अन्सारीले भने: “छानबिन निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्छ। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्छ। न्याय नपाएसम्म पीडितको पीडा शान्त हुने छैन। यदि यस घटनालाई राजनीतिक प्रतिशोधको माध्यम बनाइयो भने हाम्रो घोर विरोध हुनेछ।”

कार्यक्रमका अन्य वक्ताहरूले मधेसी तथा उत्पीडित समुदायको हकहितमा सशक्त सन्देश दिए। बहुजन एकता पार्टीका कार्यवाहक अध्यक्ष राजाराम पासवानले भन्यो: “यदि संघीय गणतान्त्रिक गठबन्धन मार्फत दलित, मुस्लिम, निषाद, पिछडा वर्ग र आर्थिक रूपमा पछि परेका समुदायहरू एकजुट भए भने सत्ताको हरेक स्तरमा हाम्रो उपस्थितिलाई सुनिश्चित गर्न सकिन्छ। अब दलित, मुस्लिम, महिलाहरू, निसाद र पिछडा वर्गले आफ्नो मुक्तिको लागि एकजुट भई संघर्ष गर्नुपर्ने बेला आएको छ।”

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले वर्तमान मधेसी नेतृत्वको असक्षम र अपारदर्शी चरित्रको आलोचना गर्दै भने:  “मधेसी जनताले आफ्नो वास्तविक नेतृत्व रोज्नुपर्छ। कथित मधेसी नेताहरूले जनताको भरोसा तोडेका छन्, अब हामीले इमान्दार र समर्पित नेतृत्वको खोजी गर्नुपर्छ।”

नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषादले निषाद समुदायको समानुपातिक प्रतिनिधित्व र सामूहिक संघर्षको आवश्यकता औँल्याउँदै भने: “हामी सबै एकजुट भएर हातमा हात, कन्धामा कन्ध मिलाएर अगाडि बढ्न आवश्यक छ।”

पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीले भने: “मुस्लिम, दलित, निषाद र पिछडा वर्गलाई राज्यले सदैव पछाडि पारेको छ। अब न्याय र समानताको लागि आफ्नै नेतृत्व रोज्नु अनिवार्य छ।”

यसरी, जलेश्वरमा सम्पन्न रैली तथा अन्तरक्रिया सभाले मधेसी तथा उत्पीडित समुदायको एकता, अधिकारको माग र भविष्यको दिशा तय गर्ने सन्देशलाई अझ बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved