Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्वराष्ट्रपति भण्डारी सबैको नेता, पार्टी सदस्यता स्वत: निस्कृय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 24, 2025
0 shares

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय नभई सबैको नेता बन्न सुझाव दिएको छ । भण्डारीले नवीकरण गरेको पार्टी सदस्यता पनि स्वत: निस्कृय भएको एमालेको निष्कर्ष छ ।

पार्टी मुख्यालय च्यासलमा सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक कार्यमा सक्रिय रहन र सबैको नेता बन्न सुझाव दिएको हो ।

पार्टी राजनीति र समसामयिक राजनीतिबारे जानकारी गराउँदै महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वत: निष्क्रिय भएको पनि बताउनु भयो । महासचिव पोखरेलले भण्डारीको सदस्यता नवीकरणको विषय त्यसबेला नै पार्टीको छलफलको विषय हुनुपर्नेमा त्यसो नभएर त्रुटि भएको स्वीकार गर्नुभयो ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति पुन: पार्टी राजनीतिमा फर्किने विषय संविधानले परिकल्पना नगरेको बताउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीकै लागि विधान संशोधन गरिएको र ओलीनै निर्विकल्प नेता जसरी भाष्य खडा गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो।

महासचिव पोखरेलले विधानमा ७० वर्षीय उमेर हद र अध्यक्षमा दुइ कार्यकालको ब्यवस्था हटाइएकाले भावी पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैका लागि बाटो खुलेको बताउनुभयो ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई औपचारिकरूपमा केन्द्रीय कमिटीबाट निर्णय नै गरेर पार्टीको मूलनेतृत्वका लागि रोकेको भएपनि पार्टीलाई सहयोग पुर्याउनका लागि गतिविधि गर्ने भने पाउने महासचिव पोखरेलको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले भने एमाले केन्द्रीय कमिटीले एमालेको राजनीति गर्ने बाटो बन्द गरेको निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन । तर आफुनिकटका नेताहरूसँगको भेटघाट र छलफलमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा सक्रिय भइसकेकाले पछि नहट्ने बताइसक्नुभएको छ भने त्यो बाटो कसरी भन्ने खुलाउनुभएको छैन ।

भण्डारीले केहिदिनभित्रै पार्टीले गरेको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । भने भण्डारी निकटका नेताहरूले केन्द्रीय कमिटीले गरेको निर्णयबारे आगामि पार्टीको विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनमा तयारीमा रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved