Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिद्याकाे एमाले फर्किने ढाेका ओलिले गरिदिए बन्द

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2025
0 shares

काठमाडौं । सत्तासीन एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको मंगलबार अबेर राति सम्पन्न बैठकले पदीय गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए । पार्टीको विधानको धारा ८ र ९ अनुसार नै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने ओलीले बताए। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताए।

उनले पार्टीको निर्णयबिना भण्डारीको सदस्यता नवीकरण हुन नसक्ने बताएका थिए। यो निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा स्थायी समिति सदस्य कर्णबहादुर थापाले असहमति जनाएका थिए। अध्यक्ष ओलीले अहिलेको अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर नेतृत्व दिन नसकिने स्पष्ट पारे। उनले पार्टीमा फर्काउनेरनफर्काउने भन्ने विषयमा छलफलको आवश्यकता रहेको बताए। अहिलेको अवस्थामा उहाँलाई पार्टी अध्यक्ष बनाउन सकिँदैन तर उहाँलाई पार्टीमा फर्काउनेरनफर्काउने भन्ने विषयमा भने छलफल आवश्यक छ, ओलीले भने।

अध्यक्ष ओलीले पार्टीको विधानबाट उमेर हद हटाउने निर्णय आवश्यकताको आधारमा भएको बताए। उनले उमेर हटाउने विषयलाई सिद्धान्त नै परिवर्तन गरे जसरी हल्ला नगर्न पनि निर्देशन दिए। आवश्यकताका आधारमा अहिले उमेर हद हटाइएको हो। पार्टीको सिद्धान्त नै फेरे जसरी हल्ला गर्न आवश्यक छैन, ओलीले भने  । अध्यक्ष ओलीले केन्द्रीय समितिको बैठकमा समापन मन्तव्य राख्न सुरु गर्नुभन्दा पहिला स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बोल्न समय मागे।

तर उनलाई अध्यक्षले बस्न निर्देशन दिए। थापाले ‘नोट अफ डिसेन्ट’ राख्न खोजेको बताए। तर अध्यक्ष ओलीले निर्णय नै नसुनाई के को ‘नोट अफ डिसेन्ट’ भन्दै बस्न निर्देशन दिए। ओलीले भने, ‘के को नोट अफ डिसेन्ट बस्नुस्।’ दुई दिनसम्म भएको बैठकले राष्ट्रपतिजस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो। केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुंग्याउँदै आउने अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष ओलीलाई नै अध्यक्ष बनाउने निश्चित जस्तै गरेको छ । बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुल्ला गरिदिएको छ।

यो निर्णय भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउनेछ। पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन २०८४ मा जानुपर्ने र त्यसको लागि केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए । राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पारे। यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय भएको उनले बताए। बैठकले १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved