Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वरिष्ठ गीतकार तथा संगीतकार गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2025
54 shares

काठमाडौं । गीतकार संघ नेपालको १६ औं स्थाापना दिवसको अवसरमा वरिष्ठ गीतकार, गायक संगीतकार गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने भएको छ । आगामी यहि जेठ १४ गते बुधबारका दिन पिंगलास्थान स्थित वेष्ट वेष्टर्न प्लस होटलमा कार्यक्रमको आयोजना गरी रसिकलाई उक्त सम्मान प्रदान गरिने सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी गराए ।

नेपाली गीत लेखनमा साधनारत अग्रज गीतकार गणेश रसिकलाई नगद रु.१,५१,०००।–सहित ताम्रपत्र र दोसल्ला ओढाएर अमर–भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिनेछ । रसिकका नखेल्नु जुवा र तास, घरबेटी नानी आँगनीमा देउ न मलाई बास, रातो भाले क्वायँ क्वायँ जस्ता सयौ गीतहरु सदाबहार बनिसकेका छन् ।
त्यस्तै यस वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल २०८१ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पु¥याउनु भएका, हाल अमेरिकाको टेक्सासमा बसोबास गर्ने गीतकार दिलिप योञ्जन तामाङलाई नगदरु.१५,०००।–सहित प्रमाण पत्र र दोसल्लाओढाएर सम्मान गरिने भएको छ । साथै यस वर्ष विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान–२०८१ बाट मगर भाषाका गीतकार सञ्जोग लाफा मगरलाई नगदरु.२५,२५२।– सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ ।

त्यस्तै यस वर्ष साहित्य, गीत, संगीत जस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि प्रतिलिपि अधिकारलाई कार्यान्वयन गर्न काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारीमा रही उल्लेखनीय योगदान पुर्याउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पत्ति संरक्षण सम्मान प्रदान गरिने भएको छ । गीतकार तामाङङाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ । .त्यसैगरी सङ्घमा आवद्ध सदस्यहरुमध्ये ८० बर्ष भन्दा जेष्ठ गीतकार हरिभक्त बुढाथोकीलाई नगदरु.५,५५१।–सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ । .सङ्घको आजीवन सदस्य गीतकार एलेन ठुलेले सङ्घको कार्यालय सञ्चालनको लागी जिन्सी सामान सहयोग गर्नु भएकोमा गीतकार सङ्घ नेपालले उहाँलाई कदर पत्र र दोसल्लाओढाएर सम्मान गरिने संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गीतकार सङ्घ नेपालले प्रत्ये वर्ष प्रदान गर्दै आएको भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट दशमा परेका गीतहरुको सूचिसमेत प्रकाशित गरेको छ । सङ्घमा आवद्ध सदस्यहरुले २०८१ सालका लागि दर्ता हुन आएका गीतहरु मध्येबाट भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल २०८१ सालका लागी छानेको उत्कृष्ट १० (दश) गीतहरुमध्येबाट एक गीतले ५७ हजार नगद राशिसहित पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट दशमा परेका गीतहरुमा म त सिधा साधा छु – डा.ओम कृष्ण प्रसाई, कुन दैबको साइतमा जन्मेछु – ध्रुव खनाल, आमा– डम्बर यक्सो, मुटुमा सजाई राखे – मनुहाङ किराँती सोलु, आमा तिमी भगवानको – राम भट्टराई, अरवी सपना – सुरेश थापा, कोपिलाको पुकार – सरला श्रेष्ठ, साकेला सिलिमा नाचौला–अमरदीप सुनुवार, न त तिमी फूल हौँ – सुनिता बस्नेत थापा र तिमीलाई के भनी – सरोज अर्याल रहेका छन् ।

निर्णय सहितकाे विज्ञप्ति

सङ्घमा आवद्ध सदस्यहरुले २०८१ सालका लागि दर्ता हुन आएका गीत पुस्तकहरु मध्येबाट जगत मर्दन थापा बर्ष गीत पुस्तक पुरस्कार गीतकार सङ्घ नेपाल–२०८१ का लागि उत्कृष्ट ३ गीत पुस्तकहरु छनौट भएका छन् । जसमा यसै सूचना चाैतारी डट कमका लागि काेशी प्रदेश प्रमुख रहेर पत्रकारितामा समेत अब्बल रहनु भएका ब्यक्तित्व हिमांशु रायकाे कोलाज गीत नामक गीति पुस्तक समेत छनाैटमा परेकाे छ।

यस्तै, अंशियार  – त्रिविक्रम पाण्डे, साईमा स्यामुना – दिलिप राई सगर रहेका छन् । जगत मर्दन थापा बर्ष गीति पुस्तक पुरस्कार गीतकार सङ्घ नेपाल–२०८१ सालका लागी छनौट गरिएका उत्कृष्ट ३ गीति पुस्तकहरु मध्येबाट समितिले सर्बोकृष्ट छनौट गरेको गीति पुस्तकलाई नगद पुरस्कार रु.५७,०००।– सहित पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved