Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चारदाम” चलचित्रको प्रिमियम शो दमकको डि म्याक्स हलमा कलाकार र चलचित्र युनिटको सहभागिता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 3, 2024
93 shares

डिकेन्द्र बस्नेत, झापा । तामाङ समुदायको संस्कृति, विवाह प्रथा, र परम्परालाई उजागर गर्ने नेपाली चलचित्र “चारदाम” को प्रिमियर सो बिहीबार दमकको डि म्याक्स हलमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ दमक नगर समितिले आयोजना गरेको सो कार्यक्रममा चलचित्र निर्माण टोली तथा कलाकारहरु दर्शकहरूसँग सहभागी भएका थिए।

चलचित्र “चारदाम” तामाङ संस्कृतिमा आधारित छ र यसको मुख्य उद्देश्य तामाङ समुदायको संस्कार र संस्कृतिको जगेर्ना गर्नु हो। चलचित्रमा सहायक नायिकाको भूमिकामा अभिनय गर्ने मोडल तथा नायिका शान्ति पाख्रिन लामा, निर्देशक तथा पत्रकार डिकेश लामा, द्वन्द्व निर्देशक कलाकार तथा खेलाडी नविन तामाङ, अनुप योञ्जन, श्याम गिरी, दुर्गा तामाङलाई सोही अवसरमा चलचित्र निर्माण टोलीले सम्मानपत्रका साथ सम्मान पनि गरेको छ।

चलचित्रको मुख्य विषयवस्तु तामाङ विवाह प्रथा “चारदाम” हो, जुन तामाङ समुदायमा विवाहमा गरिने एक विशेष वाचा हो। चलचित्रका निर्देशक लाखमान योञ्जन तामाङले यसको उद्देश्य तामाङ समुदायको विविधतामा एकरुपता ल्याउनु रहेको बताएका छन् ।

लेखक तथा निर्देशक तामाङले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने कि तामाङ समुदायको संस्कृति र संस्कारको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले चारदाम चलचित्र निर्माण गरिएको हो। उनले थपे कि यसअघि निर्माण गरिएका धेरै चलचित्रहरू अलिक बढी व्यावसायिक (कमर्सियल) धारका थिए, तर यस चलचित्रले तामाङ समुदायमा सम्बन्ध विकास र सुदृढीकरणको काम गरेको छ ।

देशभरका तामाङ समुदायमा बोलिने शब्द र भाषामा केही फरक भए पनि, यस चलचित्रले संस्कृतिको एकरूपता ल्याउने प्रयास गरेको छ। नेपालका विभिन्न शहरहरूमा मात्र नभई विदेशमा पनि चलचित्रको प्रदर्शन गरिने योजना बनिसकेको जानकारी उनले दिए।

चलचित्रले पूर्वी नेपालको तामाङ समुदायको जीवनशैली, दोस्रो विवाहको चलन, र एकल महिलाको समस्यालाई उजागर गरेको छ। “चारदाम” को ९८ प्रतिशत छायांकन भोजपुरमा गरिएको हो, र करिब ५० लाख रुपैयाँको लागतमा निर्मित यस चलचित्रले तामाङ समुदायको विभिन्न सांस्कृतिक पक्षलाई समेटेको सहनिर्माता कुमारी लिम्बूले बताइन ।

नायिका पाख्रिनले जानकारी दिँदै भनिन् कि तामाङ समुदायमा “चारदाम” परम्परा विवाहमा महत्वपूर्ण भूमिका खेल्छ। अन्य समुदायमा कन्यादान जसरी गरिन्छ, तामाङ समुदायमा चारदाम भन्ने परम्परा सदियौंदेखि चल्दै आएको छ। यो परम्पराअन्तर्गत समाजका भद्रभलाद्मी, बेहुली तर्फका माइती र मावलीसँग विशेष वाचा गरिन्छ। यो परम्परा बाजेबराजुदेखि निरन्तर रूपमा तामाङ विवाह संस्कारमा अभ्यास हुँदै आएको छ ।

कोशी भिजन फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र चारदामले पोखरा, विराटनगर, चक्रघटी, धरान, इटहरी र भोजपुरमा अपार सफलता प्राप्त गरेपछि अब दमकमा पनि प्रिमियर सो हुने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमार्फत चलचित्र युनिटले आज बिहीबार जानकारी दिँदै भन्यो कि चलचित्रको प्रिमियर सो १९ गते भद्रपुरको सिनेमा हलमा हुनेछ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved