खोटाङ । आगामी बैशाख ३०मा हुने स्थानिय निर्वाचनका लागि खोटाङको बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जरा र उपाध्यक्षमा निशाना राई, एमालेबाट अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राईको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट अध्यक्षमा दिर्घबहादुर मगरको उम्मेद्वारी परेको छ ।
उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट भुवलराज राईको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिएकी छन् । स्वतन्त्र उम्मेद्वार मगर एमाले बराहपोखरी गाउँपालिका कमिटि अध्यक्ष हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष बनेका बञ्जरा पुःन दोहोरिन उम्मेद्वार बनेका हुन् । यसअघि एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा यसपल्ट अध्यक्षको उम्मेद्वार बनाइएकी हुन् । अघिल्लो निर्वाचनबाट अध्यक्ष र उपाध्यक्ष बनेर काम गरेर बञ्जरा र मगर आगामी कार्यकालका लागि एउटै पदमा लड्न लागेका हुन् । nepalwide.com बाट सभार
File photo










